Bisal Chautari Logo

भारतलाई हराउँदै नेपालले जित्यो साफ च्याम्पियनसिपको उपाधि

- १२ आश्विन २०७४, बिहीबार ०५:२७ मा प्रकाशित


Nepal won SAF championship
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज १२ बिहिबार । नेपाले भारतलाई हराउदै अण्डर १८ साफ च्याम्पियनसिपको उपाधी जितेको छ । भुटानको थिम्पुमा भएको फाइनलमा भारतलाई २–० ले हराएर नेपालले उपाधी जितेको हो ।
नेपालका दिनेश हेन्जनले दोस्रो मिनेटमै गोल गरेर सूरुवात अग्रता लिएको थियो । खेलको ३७ औँ मिनेटमा गोल गर्दै हेन्जनले नै अग्रता दोब्बर पारेका थिए । त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक रहेको खेलमा गोल हुन सकेन ।
पहिलो खेलमा नेपाल इतिहासमै पहिलोपटक भुटानसँग पराजित भएको थियो । राष्ट्रिय टोली र कुनै पनि उमेरसमूहमा समेत नेपाल भुटानसँग पराजित भएको त्यो नै पहिलो पटक हो । भुटानसँग १–० ले पराजित भएको थियो ।नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो । शुक्रबार नेपालले माल्दिभ्सलाई २–० गोलले हराएको थियो ।
प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बंगलादेश र माल्दिभ्स सहभागी थिए ।

प्रतिक्रिया