Bisal Chautari Logo

{keki adhikari} – मेरो अभिनयमा कमजोरी केलाउने फ्यान पाएर सफल भए

- १६ बैशाख २०७१, मंगलवार १४:२२ मा प्रकाशित


keki adhikari new photo
           मेरा फ्यान          

ब्रकेर : ‘अभिनय मनपराउने मात्र हैन, प्रेम प्रस्ताव पनि धेरै फ्यानले राख्ने गरेका छन् । नर्मल पब्लिकलाई त प्रेम प्रस्ताव आउछ भने, हामी पब्लिक फिगर बनाएकालाई त झनै आउने भैहोल्यो नि ? यही कुरालाई सम्झन्छु र चित्त बुझाउ“छु अनी प्रस्तावलाई प्रोफेसनको सफलता मान्ने गरेको छु ।’

केकी अधिकारी, अभिनेत्री
म कलाकारितामा आएको करिब तीन वर्ष भयो होला । छोटै समयमा अहिलेको पोजिसनमा पुग्न पाउ“दा म आफूलाई एकदमै लक्की ठान्छु । मेरो यो यात्रामा फ्यानका माया र सपोर्ट छ । विशेÈ गरेर ती फ्यान जसले मेरो कामको तारिफ गर्दै मलाई अगाडि बढ्न सुझाव दिने गरेका छन् । 
सामाजिक सञ्जाल फेसबुक, ट्वीटर मेरो फ्यानस“ग नजिकिने दरिलो माध्यम हो । त्यसअलवा सुटिङ स्पोट र कार्यक्रम पनि । कति फ्यान यस्ता पनि छन् जसले चल्न लागेको मेरो चलचित्रको प्रचार–प्रसारसमेत गरिदिन्छन् । अभिनयका मेरा कमीकमजोरी केलाउने र समीक्षा गर्ने पनि फ्यान नै हुन् । ती सबै फ्यान पोस्ट पठाउछन् ।

यो हेरेर म कलाकारितामा अगाडि बढ्ने गरेको छु । यसले पनि कलाकारितामा अगाडि बढ्न मलाई सजिलो भएको छ । यतिका लामो समयसम्म पनि कुनै फ्यानले डिस्टब गरेका भने छैनन् । परिणाम   स्वरुप अभिनय र कलाकारिता एकै साथ सजिलै अगाडि बढाउन सकेको छु । केही फ्यानको विशेÈ ध्यान मेरो अध्यायनमा छ । त्यसैले अध्यानका लागि पनि ध्यान पु¥याउन सुझाव दिइरहन्छन् ।
अभिनय मनपराउने मात्र हैन । प्रेम प्रस्ताव पनि धेरै फ्यानले राख्ने गरेका छन् । नर्मल पब्लिकलाई त प्रेम प्रस्ताव आउ“छ भने, हामी पब्लिक फिगर बनाएकालाई त झनै आउने भैहोल्यो नि ? यही कुरालाई सम्झन्छु र चित्त बुझाउ“छु । त्यसरी आउने प्रस्तावलाई प्रोफेसनको सफलता मान्ने गरेको छु । धेरै फ्यान यस्ता छन् जसले पहिला कामको प्रशंसा र पछि सौन्र्दयको बयान गर्छन्, अनि मात्र प्रेम प्रस्ताव राख्छन् । केही ङ्खयान मलाई सुहाउने ड्रेस बताउ“दै सपिङ गरिदिन्छु भन्छन् । यी प्रस्तावमा चाहेर पनि म केही भन्न सक्दिन“ । बरु यसैमार्फत सरी भन्छु ।
फ्यानलाई भेट्ने एक अवसर सुटिङ पनि हो । आउट डोर सुटिङमा फ्यानस“ग फेस टु फेस मज्जाले कुराकानी गर्न पाइन्छ । पहिलोचोटि भेट हु“दा कोही त एकदमै एक्साइटेड हुन्छन् । फोटो खिचाउने र अटोग्राफ लिने सामान्य नै हो । केही फ्यान फेस टु फेस लामो कुराकानी गर्न खोज्छन् तर के गर्नु समय दिनै पाइ“दैन । फ्यानस“गको कुराकानीमा चलचित्रकै बारेमा हुन्छ । समग्रमा हेर्ने हो भने मेरा फ्यान केटीभन्दा केटा नै बढी छन् । लाग्छ यो विश्वव्यापी मान्यता रहेछ । केटा सेलिब्रेटीको महिला फ्यान धेरै र केटीका पुरुÈ हुने रहेछन् । बढीजसो मेरो ध्यान फ्यानका लागि बनाएको फ्यान–पेजमा नै हुन्छ । फ्यानका लागि कुनै नया स्टाटस लेख्न परे फ्यान पेजमा गएर लेख्छु । आङ्खनो पर्सनल फेसबुकमा त केही साथी र पत्रकार मात्र छन् ।
फेब्रुअरी १४, अर्थात् भ्यालेन्टाइन डेको दिन मलाई फ्यानको प्रेम प्रस्तावको ओइरो नै लाग्यो । अरुबेला त आउ“छ भने झन् सो दिन किन नआओस् । अहिले भएका फ्यानमध्ये प्रमोद शाक्य महत्तवपूणर््ँ ºयान हुन् मेरा लागि । उनी एकदमै एजुकेटेड पनि छन् र कलाकारिता माया गर्ने पनि । मैले कुनै स्टाटस लेखे पहिलो लाइक गर्ने पनि उनी नै हुन्छन् । उनले मेरो अन्तर्वार्ता अथवा समाचार आयो भने फेसबुकको वालमा पोस्ट गरिदिन्छन् । यसले मलाई धेरै सजिलो पनि भएको छ । तर उनलाई भेट्ने मौका पाएकी छैन । कुनै दिन भेट्नेछु यही छ आशा ।अन्तमा, फ्यानहरुलाई मेरो भित्री मनैबाटै धेरै धेरै थ्याङक्यु भन्न चाहन्छु । किन भने तनावमा पनि फ्यानका कुराले काममा लाग्न मलाई ऊर्जा मिल्छ । फ्यानहरु माया पाउने काममा म अझ लागिपर्ने छु । मैले चाहेर पनि कसैलाई समय दिन नसकेको होला । त्यसका लागि म ‘सरी ल’ भन्न चाहन्छु । कलाकारितामा मलाई मेरो मिहिनेतले भन्दा पनि फ्यानको सल्लाह र सुझाव टिकाइरहेको छ । त्यसैले भन्न चाहन्छु लव यु माई फ्यान ।
प्रस्तुति  : विशाल राई 
सौर्य दैनिक साभार 

add

प्रतिक्रिया