Bisal Chautari Logo

जीप दुर्घटना हुदा छ जनाको मृत्यु, ११ जना घाइतेलाइ हेलिकेप्टर चाटर गरी काठमाडौँ ल्याउदै

- १० आश्विन २०७४, मंगलवार १०:५३ मा प्रकाशित


Six people died when a jeep was Accident
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज १० मंगलबार । मंगलबार बिहान काभ्रेमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
बनेपाबाट डाँडापारी गोकुले जाँदै गरेको बा१४ क ९५५६ नम्बरको जीप रोशी गाउँपालिका– ३ शिखरआम्बोटेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ ।
जीप बिहान पौने ११ बजे दुर्घटनामा परेको परेक जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए। अहिले मृतकहरुको सनाखत भइरहेको र घाइतेहरुको उद्धार गरी उपचारका लागि काठमाडौँ पठाउने तयारी भैरहेको छ । भने घाइतेहरुलाई काठमाडौं ल्याउनका लागि घटनास्थलमा हेलिकेप्टर पुगिसकेको उनले जानकारी दिए। थापाका अनुसार जिपमा १७ यात्रु सवार रहेका थिए।

प्रतिक्रिया