Bisal Chautari Logo

सरकार र चिकित्सक लाप्पा खेल्दै, अनि बिरामी चाहि कता?

- १० आश्विन २०७४, मंगलवार ०६:५९ मा प्रकाशित


The conflict between the government and the doctor.
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज १० मंगलबार । सरकार र चिकित्सकबीचको सहमती हुन नसकेकाले मुलुकभरका बिरामी मर्कामा परेका छन् । चिकित्सकहरू शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलनमा छन् । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, स्वास्थ्य सचिव डा.किरण रेग्मी र चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठलगायत पदाधिकारीबीच सोमबार वार्तामा बसेपनि कुनै निष्कर्ष निकाल्न सकेन । सरकारी पक्षसँगको वार्ता विफल भएको र आन्दोलन जारी रहेको डा.श्रेष्ठले बताए ।
पछिलो समया अस्पतालको लापर्वाहिले सामन्या बिरामीको मृत्यु हुने सख्या बढ्दै गएपछि सरकारले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भए सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने निर्णय गरेको थियो । उतm निर्णयप्रति विरोध जनाउँदै उनीहरूले सेवा बन्द गरेका हुन् ।
‘हाम्रा मागमा स्वास्थ्य मन्त्रीले लिखित प्रतिबद्घता दिन नसक्ने भनेपछि हामीले बाध्य भएर आन्दोलन जारी राख्नुपरेको हो,’ चिकित्सक संघका महासचिव डा.लोचन कार्कीले भने, ‘असल नियतले उपचार गर्दा पनि बिरामीको मृत्यु भए लाखौं तिर्नुपर्ने, कुटाइ खानुपर्ने अवस्था नहटेसम्म काममा फर्क भनेर कसरी भन्नु सरकारको निर्णयमा कतै जाँचबुझ, छानबिन निकाय, दोषी ठहरिए जस्ता शब्द छैनन्।’
बिरामीको मृत्यु भयो भने जोसुकैले लापरबाहीको आरोप लगाउँदै क्षतिपूर्ति दाबी गर्ने ? यसले जथाभाबी पैसा माग्नेको समूहलाई प्रोत्साहन गर्छ । लापरबाहीको आरोप लागेका चिकित्सकलाई छानबिन गरेर दोषी ठहरिए मात्र दण्डित गर्नुपर्ने र छानबिनको निकाय पूर्ण पारदर्शी, विज्ञसहितको हुनुपर्ने कार्कीले बताए
यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ र नियमावली, २०६९ लाई आवश्यक परिमार्जन गरेर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हातपात गर्ने व्यक्ति वा समूहलाई ‘बिनाधरौटी जेल चलान’ को प्रावधान थप गर्नुपर्ने उनीहरूको माग छ । सरकारले विगतमा चिकित्सक संघसँग गरेको सम्झौता कार्यान्वयन हुनुपर्ने मागसमेत उनीहरूको छ । बिरामीबाट लिंदै आएको ५ प्रतिशत अतिरिक्त स्वास्थ्य सेवा शुल्क खारेज हुनुपर्ने आदि छन् ।
स्वस्थ्य मन्त्री के भन्छन्
स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूको सुरक्षासम्बन्धी ऐन, २०६५ लाई संशोधन गर्न स्वास्थ्य मन्त्रालयमा कार्यदल बनाएर काम अगाडि बढाइएको जनाएका छन् । ‘हामी चिकित्सकहरूका मागप्रति अत्यन्त संवेदनशील छौं,’ पोखरेलले भने, ‘दसंैलाई दृष्टिगत गर्दै हाल बिरामीको पीडा बुझेर आन्दोलन फिर्ता लिन आग्रह गरेका छौं ।’
प्रधानमन्त्री आएपछि चिकित्सकहरूको समस्या व्यावहारिक रूपले समाधान हुने उल्लेख गर्दै स्वास्थ्य मन्त्री पोखरेलले आफूले कार्यवाहक प्रधानमन्त्रीको उपस्थितिमा चिकित्सकका मागबारे समझदारी गर्न खोजेको बताए । प्रधानमन्त्रीको अध्यक्षतामा भएको निर्णयलाई कार्यवाहक प्रधानमन्त्रीको बैठकले बदर गर्न नमिल्ने जनाउँदै पोखरेलले भने, ‘व्यावहारिक कुरा बुझ्न म चिकित्सकहरूसँग आग्रह गर्छु ।’
डा केसी के भन्छन्
४ दिनदेखि इमर्जेन्सीबाहेकका सेवा ठप्प हुनु दुर्भाग्यपूर्ण भए पनि आन्दोलनरत चिकित्सकहरूका माग जायज रहेको तर्क गरेका छन् । सबै नागरिकले स्वास्थ्यसम्बन्धी समान अधिकार पाऊन् भनेर हामी लडिरहेको, सबैको मृत्युको कारण लापरबाही होइन ।
‘डाक्टरको नाताले भन्ने हो भने मलाई पनि जटिल केश गर्न डर लाग्न थाल्छ,’ उनले भने, ‘असल नियत हुँदाहँुदै बिरामी र्मयो भने शारीरिक क्षति हुने हो कि पैसा तिर्नुपर्ने हो कि भन्ने डर लाग्छ, राम्रो मान्छे पनि काम गर्न हिचकिचाउने स्थिति आएको छ ।’
लापरबाही गर्ने चिकित्सक दण्डित हुनुपर्ने र असल नियतले उपचार गर्नेले भविष्यमा पनि राम्ररी सेवा गर्न पाउने स्थिति आउनुपर्ने उनले बताए ।

प्रतिक्रिया