Dr. Govind KC
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज ९ सोमबार । प्राध्यपक डा. गोविन्द केसी १२ औं असनसन आमरण अनसनमा बसेका छन् । चिकित्सा शिक्षा विधेयकलाई लिएर २० गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए । तर, संसदमा विचाराधीन विधेयक तोडमोड गरेर पारित गर्ने अन्तिम तयारी भइरहेको भन्दै डा. केसीले सोमबार नै अनसन थालेका हुन् ।
फाइल फोटो
उनले भनेका छन् ‘यसो गर्दा मेडिकल शिक्षामा माफियातन्त्र सदाका लागि संस्थागत हुने मात्र नभई हाम्रो अभियानले हालसम्म गरेको उपलब्धिहरु उल्टिने कुरा प्रष्ट छ ।’
डा. केसीले माथेमा प्रतिवेदन र आफ्ना सुझाव अनुसार चिकित्सा शिक्षा ऐन पास गर्नु पर्नेसहितका चारबुँदे माग राखेका छन् ।
प्रतिक्रिया