Bisal Chautari Logo

कलाकारले आमाको मुख यसरी हेरे

- १६ बैशाख २०७१, मंगलवार १८:२८ मा प्रकाशित


Happy mothers day

ब्रकर : राजेशपायलले मोदर्स डे को विकृतीको बारेमा भने– ‘अहिले तँ आमाको मुख हेर्ने परम्परा विकृति हुदै गइरहेको छ । माता तिर्थ औसीको दिन आमाको मुख हेर्ने, अनी भोलि पल्ट आमा घरमा पुर्‍याउने ।’ 

विशाल राई 
काठमाडौं, १६ बैशाख । पछिल्लो समयमा माता तिर्थ औसी लोकप्रिय बन्दै गइरहेको छ । ३६५ दिनमा एकचोटी आउने माता तिर्थ औसीमा आमाको मुख हेर्ने परम्परा पर्वको रुपमै स्थापित हुदै गइरहेको छ । 
माता तिर्थ औसिको दिन अर्थात बैशाख १६ गतेको दिन प्राय सबै इन्टरनेट प्रयोगकर्ताहरुले आमाको तस्बिर राखेर एउटै शब्द ‘ह्याप्पि मोदर्स डे’ लेखे । यसमापनि बढि मात्रामा तँ कलाकारहरु नै अगाडी थिए । सोही कलाकारहरु मध्ये आमाको मुख हेर्ने दिनका बारेमा केही कलाकार यसरी खुले :   
राजेशपायल राई ( आधुनिक तथा पाश्र्व गायक) RAJESH PAYAL RAI
मेरो ममि युकेमा बस्नु हुने भएकाले मैले ममिलाई आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सम्झिए । तर मैले फोन भने गरिन् । कारण म कुनै कार्यक्रम या गीत रेकर्डिङ भएर भने होइन । 
मेरो एउटै कारण छ, म ३६५ दिन नै आमालाई सम्झिरहेको हुन्छु । सधै आसिर्वाद लिइरहेको हुन्छु । अहिले तँ आमाको मुख हेर्ने परम्परा विकृति हुदै गइरहेको छ । माता तिर्थ औसीको दिन आमाको मुख हेर्ने, अनी भोलि पल्ट आमा घरमा पुर्‍याउने । फेरी म खोटाङमा जन्मिएर यतै हुर्किएपनि हाम्रो समुदायमा वर्षमा एक दिन आउने परम्परालाई खासै मान्यता नदिइने भएकाले मलाईपनि यो आमाको मुख हेर्ने दिन खासै महत्व लाग्दैन । मेरो लागी वर्षैभरी मोदर्स डे ।
जितु नेपाल, (हास्य अभिनेता) : Jitu nepal
पहिले नै भनौं म चाही आमाको मुख वर्षैभरी ३६५ दिन नै हेर्छु । तरपनि हाम्रो परम्परामा पछिल्लो समय पर्वको रुपमा आएको मोदर्स डे विशेष रुपले मनाए । टाढा, टाढा रहेर काम गरिरहेका, आमालाई भेट्न नपाएका हरुका लागी केही रुपमा आमाको मुख हेर्ने दिन सकारात्मक रहेपनि वर्षमा एक चोटी मात्र मुख हेर्ने परम्परा आफैमा गतल छ ।
मेरा चाही आमा आफुसंगै भएकाले आमाको स्वास्थ्यलाई मिल्ने खानेकुराहरु खुवाएर मनाए । अनी आमाको हातबाट टिका लगाएरपनि आसिर्वाद लिए । आमाको मात्र होइन, मलाई राम्री छोरी दिनुहुने मेरो सासु आमाको मुखपनि हेरे । मैले समग्रमा आमा र सासु आमाको साथमा ह्याप्पि मोदर्स डे मनाए । 
निश्चल बस्नेत (निर्देशक तथा अभिनेता) : Nischal Basnet
आज आमाको मुख हेर्ने दिन भएकाले अन्य दिनहरु भन्दा फरक किसिमले बित्यो । आमाको आसिर्वाद सधैजसो लिने गरेपनि मादर्स डे को दिन चाहि मेरो लागी अझ बिषेश रर्‍यो । आमाले मलाई बुधवार मोदर्स डे को दिन एउटा शब्द भन्नु भएको थियो –‘अब तँलाई नेपालमा तँ सबैले चिन्छन्, तर अब तैले नेपालमा मात्र होइन विश्वमै चिनिने किसिमको कामहरु गरेर देखाउनु ।’
बिजय लामा (पप आधुनिक गायक) : bijaya lama
मेरो घर काभ्रे भएकाले म घरमै गएर आमाको मुख हेर्न पाइन । तर आमाको मुख हेर्न नपाएपनि आमालाई फोन गरेरै भएपनि ह्याप्पि मोदर्स डे भने । म नेपाली साङ्गीतिक क्षेत्रको जुन स्थानमा छु सबै आमाले दिएको सफल्ताको रुपमा लिएको छु । फ्यान झै मेरी आमा मलाई साङ्गीतिक क्षेत्रमा राम्रा–राम्रा गीतहरु गाउनु आसिर्वाद दिनुभयो । 
सृजना सुब्बा (अभिनेत्री) : Sirjana Subba
मेरो ममि मोरङमै हुनुहुन्छ । म कलाकारी संर्घसका लागी काठमाडौमा । आमाको मुख हेर्ने दिन भएपनि काम विशेषले घरमै गएर आमाको मुख हेर्न पाइन । तरपनि आमालाई बिहानै उठेर फोन गरे लागेन । फेरी पछि फोन गर्दा चाही फोन उठाउनु भयो । आमाको स्वर सन्दा नै आनन्द लाग्यो । ममिले मलाई कलाकारीता क्षेत्रमा अझ राम्रो प्रगती गर्न आसिर्वाद दिनुभयो ।

ad

प्रतिक्रिया