The student invented clothing when he grew up
एजेन्सी
काठमाडौँ, २०७४ भाद्र २६ सोमबार । बच्चाबच्चीहरु छिटो छिटो बढ्छन् । यो वर्ष जिउमा ठिक्क हुनेगरी किनेको कपडा अर्को वर्ष छोटो भैहाल्छ । यसले बुवाआमालाई बच्चाको लागि वर्षेनी सबै नयाँ लुगा किनिदिनुपर्ने र पुराना लुगा जिउमै नअट्ने हुन्छ । तर अबचाहीँ बाउआमाहरु यो झण्झटबाट मुक्त हुनेबेला आएको छ । अब तपाइँको बच्चाको उमेर र जिउको आकार बढेसँगै बच्चाले लगाएको कपडाको आकार पनि बढ्नेछ र वर्षेनी नयाँ नयाँ कपडा किन्ने झण्झट हुनेछैन ।
बेलायतको रोयल कलेज अफ आर्टमा स्नातक अध्ययनरत २४ वर्षका एक युवा विद्यार्थी रायन यासिनले यस्तो चामत्कारिक लुगा आविष्कार गरेका हुन् जो बच्चा बढेसँगै बढ्नेछ ।
कलेजमा पढ्दा नै उनले त्यस्तो पदार्थ पत्ता लगाएका थिए र अन्ततः त्यो पदार्थलाई बच्चाको कपडा तयार पार्नमा प्रयोग गरे । उनले आफुले आविष्कार गरेको सोही कपडा तयार गरी पेटिट प्ली नामक ब्राण्डबाट लञ्च गर्ने तयारी गरिरहेका छन् । यो कपडा बच्चा अग्लो र मोटो भएसँगै सोही अनुपातमा आकार बढाएर जिउमा ठिक्क बन्नेछ ।
६ देखि ३६ महनिाको उमेरसम्ममा बच्चाबच्चीहरुको जिउको आकार निकै छिटो छिटो परिवर्तन हुन्छ र यसबीचमा विभिन्न ७ साइजका कपडा फेर्नुपर्दछ । कतिपय कपडा त किनेको केही हप्तामै काम नलाग्नेगरी छोटा भैसक्छन् ।
यसरी सानो बच्चाको लागि छिटो छिटो कपडा खरीद गर्नुपर्दा अभिभावकहरुलाई आर्थिक रुपमा भार पर्ने मात्र होइन अत्यधिक कपडा उत्पादन तथा आपूर्ति गर्नुपर्दा त्यसले वातावरणमा पनि नकारात्मक असर पूराउने गरेको वैज्ञानिकहरुको दाबी छ ।
यासिनले आविष्कार गरेको फाइबरमा दानायुक्त संरचना रहेको छ जुन जति तन्किँदै जान्छ उनै नै मोटो हुन्छ ।
आफ्नो भतिजका लागि काका काकीहरुले धेरै कपडा किनिरहनुपरेको देख्दा आफुलाई यस्तो खालको कपडा बनाउने हौसला मिलेको यासिन बताउँछन् । आगामी केही महिनामै यस कपडालाई बजारमा पठाउने योजना उनको छ ।
प्रतिक्रिया