Bisal Chautari Logo

अर्जेन्टिनालाई विश्वकप छनोटमा कठिन बन्दै, भेनेजुएलासँग बराबरी खेल्यो

- २१ भाद्र २०७४, बुधबार ११:३४ मा प्रकाशित


Argentina hardened the World Cup, played equally with Venezuela
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र २१ बुधबार। सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबल छनोटका लागि अर्जेन्टिनालाई मुस्कि बनेको छ । दक्षिण अमेरिकी छनौटमा भेनेजुएलालसँग एक एक गोलको बराबरी खेलेपछि अर्जेन्टिनालाई विश्वकप छनोटमा मुस्किल बनेको हो ।
                                                                                                                                 फाइल फोटो

घरेलु मैदानमा प्रभावकारी नदेखिएको अर्जेन्टिनालाई तुलनात्मक रुपमा कमजोर देखिएको थियो । लियोनल मेस्सीको टोली अर्जेन्टिनाले पहिलो हाफमा केहि आक्रमण बुनेपनि गोल गर्न सकेन ।
दोस्रो हाफ सुरु भएको पाचौं मिनेटमा अप्रत्यासित रुपमा भेनेजुएलाले अग्रता लियो । उसका लागि जोन मुरिलोले गोल गरेका थिए । डिफेण्डरहरुको गल्तीले अर्जे्न्टिनाले गोल खाएको थियो ।
त्यसको चार मिनेटपछि अर्जे्न्टिनाले खेल बराबरी त र्गयो तर भेनेजुएलाकै उपहार गोलमार्फत । अर्जे्न्टिनाका मार्कोस अकुनाको क्रस क्लियर गर्न लाग्दा भेनेजुएलाका रोल्फ ल्फेचरले आत्मघाती गोल गर्न पुगेका थिए ।
त्यसपछि खेलमा कुनै गोल भएन र अर्जेन्टिनाले आफ्नै मैदानमा पनि जित हासिल गर्न सकेना ।
२४ अंकका साथ अर्जे उक्त लिग तालिकाको पाचौं स्थानमा यथावत छ । ९ टोली सम्मिलित दक्षिण अमेरिकी छनौटमा शीर्ष चार टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछन् भने पाचौं स्थानमा रहनेले एसियाली टोलीसँग प्लेअफ खेल्नुपर्नेछ ।

 

प्रतिक्रिया