Death of a woman
विशाल चौतारी समाचार
भोजपुर, २०७४ भाद्र २० मंगलबार । भोजपुर नगरपालिका–५, काफ्ले घ्याङ्गरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
फाइल फोटो
राइसकुकरमा खाना पकाउने क्रममा करेन्ट लागेर ५९ वर्षीया दिलकुमारी तामाङको सोमबार बेलुका मृत्यु भएको हो ।
खाना पकाउनका लागि राइसकुकर बत्तीमा जोड्न लाग्दा एक्कासि करेन्ट प्रवाह भएपछि तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक दीपेन्द्र थारु पन्जियारले जानकारी दिएकाछन्।
शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको र आज परीक्षण हुने प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया