Bisal Chautari Logo

बेल्जियम विश्वकपमा छनोट

- १९ भाद्र २०७४, सोमबार ०९:०३ मा प्रकाशित


Belgian chooses to  World Cup
एएफपी
पेरिस, २०७४ भाद्र १९ सोमबार । सन २०१८ मा रुसमा हुने विश्वकपमा बेल्जियमले आफ्ने टिकट सुरक्षित बनाउदै विश्वकपमा छनोट हुने पहिलो युरोपेली देश भएको छ ।
                                                                                                                                  फाइल फोटो

रामेलु लुकाकुको निर्णायक गोलमा बेल्जियम आइतबार राति विश्वकपको टिकट सुरक्षित बनाको हो । युरोपेली विश्वकप छनोटमा बलियो फ्रान्स भने लक्जेम्बर्गको हातबाट गोलरहित बराबरीमा रोकिएको छ ।
म्यानचेस्टर युनाइटेड फरवार्ड लुकाकुले थोमस मेउनरको क्रसलाई ७४ औं मिनेटमा गोल गरेपछि बेल्जियमले समूह ‘एच’ ग्रिसलाई २–१ ले हरायो र यो जितसँगै बेल्जियम समूहको शीर्ष स्थानमा रहने निश्चित भयो ।
बेल्जियमसँगै अहिलेसम्म ब्राजिल, इरान, जापान र मेक्सिको आउने विश्वकपमा छनोट भइसकेका छन् । रुसले आयोजकका रूपमा स्वतस् प्रवेश पाउने छ ।

प्रतिक्रिया