Bisal Chautari Logo

२३ वर्षीया सुविन लिम्बु बनिन् मिस नेपाल (फोटोफिचर)

- १९ बैशाख २०७१, शुक्रबार १५:२० मा प्रकाशित


subin-limbu-miss-nepal-2014
काठमाडौं, २०७१ वैशाख १९, शुक्रबार  
अध्ययन र कविता लेखनमा रुची राख्ने धरानकी २३ वर्षीय सुविन लिम्बु मिस नेपाल २०१४ घोषित भएकी छन् । मिस नेपाल प्रतिस्पर्धामा सहभागी १८ सुन्दरीलाई पछि पार्दै उनी उत्कृष्ट चुनिएकी हुन् । प्रतियोगिताका प्रमुख अतिथि रुक्मांगत कटुवालले सोधेको प्रश्नमा दिएको उत्तरको आधारमा ५ फिट ८ इन्च अग्ली सुन्दरी मिस नेपाल घोषित भएकी हुन् ।
काठमाडौंमा बीबीए अध्ययनरत सुविन लिम्बु २०१० मा भएको मिस मंगोलकी फस्ट रनरअप पनि हुन् । उनले नगद एक लाख नगदसहित यसै बर्ष आयोजना हुने मिस वल्र्ड प्रतियोगितामा सहभागी हुने अवसर पाउँनेछिन् । प्रतियोगितामा फस्ट रनरअप प्रिन्सा श्रेष्ठ र सेकेण्ड रनरअप सोनी राजभण्डारी घोषित भए । उनीहरुले क्रमश: ६५ हजार र ४० हजार नगदसहित ताज पहिरिए । श्रेष्ठले मिस अर्थ र राजभण्डारीले मिस ईन्टरनेशनलमा सहभागिता जनाउँनेछिन् ।
त्यस्तै प्रतियोगीतामा मिस फोटोजेनिक शितोष्णा वन, मिस ट्यालेन्ट लाक्पा तामाङ, मिस कम्प्लेक्स्न प्रिन्सा श्रेष्ठ, मिस व्युटीफूल हेयर रश्मी अधिकारी घोषित भए । सुविनसहित प्रिन्सा, सोनी, आस्था पोखरेल र प्रनयना टप ५ मा छनौट भएका थिए । नोट : कान्तिपुर अनलाईन साभार

ad

subin limbu miss nepal 2014 . To best define herself in a single word, Subin choses the word ‘courageous’. The word that doesn’t represent Subin as a person is ‘selfish’. She believes that she is a selfless and courageous person. The best thing she learnt during the Miss Nepal training was to form her opinion and present it in effective manner. 

प्रतिक्रिया