Bisal Chautari Logo

भरतपुर अस्पतालमा निःशुल्क डायलासिस सेवा सुरु

- १२ भाद्र २०७४, सोमबार ०९:०७ मा प्रकाशित


Start a free dialysis service at Bharatpur Hospital
विशाल चौतारी समाचार
भरतपुर, २०७४ भाद्र १२ सोमबार । भरतपुर अस्पतालमा निःशुल्क डिायलासिस सेवा सुरु भएको छ । नेपाल सरकारको नीति अनुसार भरतपुर अस्पतालमा पनि निःशुल्क डायलासिस सेवा सुरु गरिएको अस्पतालले जनाएको छ ।
धादिङ सल्यानटारकी ६२ वर्षीय धनकुमारी थपलियाको डायलासिस गरेर सेवा सुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपेरिटेण्डेन्ट डा रुद्रप्रसाद मरासिनीले जानकारी दिए । निजी अस्पतालमा पालो नपाएपछि भरतपुर अस्पताल पुगेकी थपलियाको उपचार गरेर सेवा आरम्भ गरिएको हो ।
डायलासिस सेवा निःशुल्क भए पनि डायलासिस गर्नका लागि आवश्यक आधारभूत बाहेकका ठुला परीक्षण र औषधिको भने शुल्क लाग्ने अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
डायलासिसको लागि आवश्यक १२ वटा उपकरणअस्पतालमा जडान गरिएको छ । डायलासिस सेवाका लागि नेपाल सरकारले उपकरण सहयोग गरे पनि त्यसको लागि आवश्यक व्यवस्थापन भरतपुर अस्पतालले गरेको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले जानकारी दिए । यो सेवा सुरुवातसँगै बिरामीलाई सरल र सहज रूपमा सेवा दिइने उनको भनाइ छ । सो सेवा सञ्चालनका लागि तत्कालीन स्वास्थ्य मन्त्री गगनकुमार थापाको पालामा बजेट निकासा गरिएको थियो ।

प्रतिक्रिया