Bisal Chautari Logo

सिकारीले थापेको विद्युत्तीय पासोमा परेर जंगली हात्तीको मृत्यु

- ९ भाद्र २०७४, शुक्रबार ०८:४२ मा प्रकाशित


The elephant’s death on the electrical traps 
विशाल चौतारी समाचार
कञ्चनपुर, २०७४ भाद्र ९ शुक्रबार । कञ्चनपुरामा सिकारीले थापेको विद्युत्तीय पासोमा परेर शुक्रबार बिहान ३ बजे जंगली भाले हात्ती मरेको छ ।
                                                                                                                                 फाइल फोटो

कञ्चनपुरको पुनर्वास नगरपालिका–१० को नमूना सामूदायिक वनमा विद्युत्तीय पासोमा परेर मरेको हो । उक्त हात्ती भारतको दुदुवा नेशनल पार्कबाट आएको हुनसक्ने अनुमान बेलौरी प्रहरी र जिल्ला वन कार्यालय कञ्चनपुरले गरेको छ । प्रहरीका अनुसार, शिकारीहरुले पासोमा परेर मरेको हात्तीको पुच्छर लिएर गएका छन् । अन्य अंगहरु भने नलगेको बताइएको छ ।
दुदुवा नेसनल पार्क नमूना सामुदिायक वनसँगै जोडिएको छ । हात्तीलगायतका जंगली जनावरहरु वर्षायाम सुरु भएसँगै नमूना सामूदायिक वनको बाटो हुँदै चुरेतर्फ जाने गरेका छन् । ददुवा नेशनल पार्क डुबानमा पर्ने भएकाले त्यसबाट जोगिन जंगली जनावरहरु सुरक्षित स्थानको खोजीमा जाने गर्छन् । यही क्रममा नमूना वन आइपुगेको हात्ती मरेको हुनसक्ने अनुमान गरिएको छ ।
घटनाबारे बिहान ८ बजे मात्रै जानकारी पाएको बेलौरी प्रहरी कार्यालयले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला वन कार्यालय, कञ्चनपुरले पनि घटनाबारे अनुसन्धान थालेको बताएको छ ।

प्रतिक्रिया