Bisal Chautari Logo

यू–१५ च्याम्पियनसिपका दुई सेमिफाइनल खेल आज हुदै

- ९ भाद्र २०७४, शुक्रबार ०८:०६ मा प्रकाशित


U-15 championships have two semi-final games today
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र ९ शुक्रबार । ललितपुरमा भइरहेको साफ यू–१५ च्याम्पियनसिपका दुई सेमिफाइनल खेलहरु आज हुँदैछन्।
एकै समय दिउँसो ३ बज दुवै सेमिफाइनले हुनेछ। जसमा घरेलु टोली नेपाल यू–१५ ले बंगलादेश यू–१५ सँग सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल्नेछ भने भारत यू–१५ र भुटान यू–१५ बीचको खेल हलचोकस्थित सशस्त्र प्रहरी बल एपीएफको मैदानमा हुनेछ।
बंगलादेश समूह ए को विजेता तथा नेपाल समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् भने भारत समूह बी को विजेता तथा भुटान समूह ए को उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।
आजको खेल
बंगलादेश भर्सेस नेपाल
स्थान – एन्फा कम्प्लेक्स, सातबोबाटो
भारत भर्सेस भुटान
स्थान – एपीएफ मैदान, हलचोक
दुवै खेलको समय – दिउँसो ३ बजे

प्रतिक्रिया