Bisal Chautari Logo

मेस्सीलाई पछि पार्दै रोनाल्डो बने युरोपको उत्कृष्ट खेलाडी

- ९ भाद्र २०७४, शुक्रबार ०५:२५ मा प्रकाशित


Ronaldo was the best player in Europe
एजेन्सी
काठमाडौँ, २०७४ भाद्र ९ शुक्रबार । लियोनेल मेस्सीलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डो सन् २०१६–१७ को युइएफए उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् ।                                                                                                                                   फाइल फोटो

रियललाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाएका रोनाल्डो च्याम्पियन्स लिगमा १ सयौँ गोल पूरा गर्ने पहिलो खेलाडी पनि बनेका थिए । उनीले नकआउट चरणमा दुई ह्याट्रिकसमेत गरेका थिए । गत च्याम्पियन्स लिगमा सर्वा्धिक गोलकर्ता समेत गरेका थिए ।
रोनाल्डोले यो उपाधि जितेको लगातार दोस्रो र समग्रमा तेस्रो पटक हो । यसअघि उनले सन् २०१३–१४ तथा सन् २०१५–१६ को सिजनमा यो उपाधि जितेका थिए ।
मेस्सीले यो उपाधि दुई पटक जितेका छन् ।
उनले रियल म्याड्रिडलाई लगातार दोस्रो तथा किर्तिमानी १२ औँ पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्पूर्ण भूमिका खेलेका थिए । उनी तीनवटा च्याम्पियन्स लिगको फाइनलमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका थिए । उनले प्रतियोगितामा ६ एसिस्ट पनि गरेका थिए ।
उत्कृष्ट महिला खेलाडी भने बार्सिलोनाकी लिके मार्टिन्स घोषित भइन् ।

प्रतिक्रिया