Bisal Chautari Logo

नेपाल र भारतबीच भैरहेको अण्डर १५ च्याम्पियनसिप फुटबलमा आधा समया हुदा बराबरी १–१ गोल(प्रत्यक्षप्रशारण )

- ७ भाद्र २०७४, बुधबार १०:२३ मा प्रकाशित


football India vs Nepal
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ भाद्र ७ बुधबार । काठमाण्डौामा जारी साफ अण्डर १५ च्याम्पियनसिप फुटबल अहिले ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भइरहेको छ । खेल दिउसो ३ बजे सुरु भएको छ ।
आधा समया हुदा भारत र नेपालको गोल बराबरी १–१ रहेको छ । नेपाली टोलीले चीरपरिचित प्रतिद्धन्दी भारतसंग प्रतिस्पर्धा गरिरहेको छ ।
यस खेलले समुह बीको बिजेता टोलीको टुंगो लगाउनेछ । दुबै टोली यसअघि नै प्रतियोगीताको सेमिफाईनलमा प्रबेश गरिसकेका छन् ।
समुह चरणको पहिलो खेलमा भारतले ९–० ले तथा नेपालले ६–० गोल अन्तरले माल्दिभ्सलाई पराजित गरेका छन् । माल्दिभ्स भने समुह चरणबाटै बाहिरिसकेको छ । यसअघि हिजो भएको खेलमा भुटानलाई हराउादै बंगालादेश समुह ए को बिजेता बनेको छ । हारका बाबजुत भुटानले पनि समुहको उपविजतोका रुपमा प्रतियोगिताको सेमिफाईनलमा स्थान बनाएको छ ।
हेर्नुहोस भारत र नेपालको अहिले भैइरहेको खेलको प्रत्यक्ष प्रशारण

https://youtu.be/dYe8eYmtEwk

प्रतिक्रिया