PM Deupa reached New Dilli
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ भाद्र ७ बुधबार । प्रधानमन्त्री शेरबहादुर देउवा आज पााचदिने भ्रमणको लागि नयाा दिल्ली पुगेका छन् । प्रधानमन्त्रीका टोली नेपाल एयरलाइन्सको विमानबाट नयाादिल्ली पुगेका हुन । इन्दिरा गान्दी विमानस्थलमा विदेशमन्त्री स्वाराजले स्वागत गरेकी थिइन। त्यहााबाट उनी भारतीय राष्ट्रपति भवनतर्फ लागेका छन् त्यही उनी भ्रमण अवअधिभर बस्नेछन् ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला दुई देशका प्रधानमन्त्रीबीचको द्विपक्षीय वार्तामा नेपालले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, कोशी सम्झौता र बााध, माथिल्लो कर्णाली परियोजना, अरुण तेस्रो, ऊर्जा क्षेत्रमा सहयोग, अन्तरदेशीय प्रसारण लाइन, पुनर्निर्माण, सहुलियतपूर्ण ऋण, गण्डक नहर, नेपाली भूभाग डुबानमा पर्नेगरी भारतले सीमामा बनाएका बााध, व्यापार तथा पारवहन, क्रस बोर्डर कनेक्टिभिटी, एलपिजी बुलेट, भारतीय मुऽा सटही, क्रस बोर्डर रेलसेवा, एकीकृत चेक पोस्ट, हवाई रुट, सैन्य सामग्री, निर्वाचनका लागि आवश्यक सहयोगलगायतका विषयमा छलफल गर्ने नेपाल सरकारको तयारी छ ।
आज सााझ नै प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
प्रतिक्रिया