Shekhar Bagadiya song Hukka Re
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र ६ मंगलबार । पूर्वका गायक सेखर बगडियाको आफ्नै शब्द र स्वरमा सजिएको हुक्का रे… सार्वजनिक भएको छ । गीतलाई युट्युबमा मार्फत सार्वजनिक गरिएको हो ।
चलचित्र निर्देशक सुब्रत राज आचार्यले निर्देशन गरेको यस गीतका सङ्गीतकार सोहन मानन्धरको रहेको छ एरेन्जर बिजेश्वर तन्डुकार ले गरेका छन । गीतको भिडियोमा कोरियोग्राफी सुनिल छेत्री एवम् नेपाली ठिटो समुहको छ भने निशा जोशी, शुस्मा अधिकारी, सौरभ अधिकारी, पवन अग्रवाल एवम नेपाली ठिटो समुहको अभिनय रहेको छ ।
पप र ऱ्यापमा आधारित यस गीतको भिडियो पश्चिमेली स्टाइलको रहेको र नेपाली गीत सङ्गीतमा बिल्कुल नयाा प्रयोग गरिएको र युवा पुस्तालाई मध्यनजर गरी बनाइएको भिडियो रमाइलो बनेकोछ । भिडियोलाई मुर्त रुप दिन छांयाकार अर्जुन तिवारीले अत्यन्त मेहनत गरेका छन भने सम्पादकमा भरत रेग्मीले कुशल सम्पादन गरेका छन ।
मारवाडी समुदायका गायक शेखरले यस अघी ‘नक्कली मोरी…’ ‘गरिमा गरिमा…’ लगायतका दर्जनौ गीत गाइसकेका छन । गरिमा गरिमा बोलको गीत एकताका धेरै चर्चित रहेको थियो । त्यस गीतमा शेखरका अलावा सुगम पोखरेल, नवीन के भट्टराइ, मोहन भुसाललगायतका गायक गयिकाले गयिकाको स्वर रहेको थियो भने कलाकार राजेश हमाल, झरना थापा, सुशिल छेत्री, मह जोडी, बिजय लामा, निरुता सिंहलगायतका दर्जनौ कलाकारले अभिनय गरेका थिए ।
Song: Hukka Re
Vocal/Lyrics: Shekhar Bagadiya
Music: Sohan Manandhar
Arranger: Bijeswar Tandukar
Actor: Sunil Chhettri, Nisha Joshi, Sushma Adhikari, Saurav Adhikari, Nepali Thitoss
Choreography: Sunil Chhettri & Nepali Thitoss
Camera: Arjun Tiwari & Team
Edit: Bharat Regmi
Asst. Dir: Jaya Sharma
Director: Subrat Raj Acharya
© Highlights Nepal Pvt. Ltd.
प्रतिक्रिया