Bisal Chautari Logo

भदै ५ गते संविधन संशोध हुन्छ- अध्यक्ष प्रचण्डको दाबी

- १ भाद्र २०७४, बिहीबार ०५:३० मा प्रकाशित


Prachand said the Constitution amend
विशाल चौतारी समाचार
जनकपूर, २०७४ भदै १ बिहिबार । बढीपीडितहरुको अवलोकन गर्न तराई नेकपा माओवादी केन्ऽका अध्यक्ष प्रचण्डले संविधान संशोधन प्रस्ताव पारित हुने दाबी गरेका छन् । जनकपुर विमानस्थलमा पत्रकारहरुसाग कुराकानीको क्रममा भदौ ५ गते संविधान संशोधन विधेयक पारित हुने दाबी गरेका हुन् ।
pushpa-kamal-dahal

संविधान संशोधन विधेयक अघि बढाउन दिने प्रतिवद्धता एमालेले जनाएकाले र राप्रपासमेत यसमा सकारात्मक देखिएकाले संविधान संशोधन विधेयक भदौ ५ गते पास हुने दाबी प्रचण्डको छ । ‘संविधान संशोधन प्रक्रियालाई एमालेले पनि अघि बढ्न दिने भनेको छ, राप्रपासमेत यसमा सकारात्मक देखिएको छ,’ प्रचण्डले भने, ‘संशोधनका लागि सबै पक्ष सकारात्मक देखिएकाले भदौ ५ गते संशोधन विधेयक पारित हुन्छ ।’
मधेसकेन्ऽित दलले संविधान संशोधनको माग लामो समयदेखि उठाउादै आए पनि व्यवस्थापिका संसद्को गणितका कारण पूरा हुन सकेको छैन । मधेसकेन्ऽित दलको संविधान संशोधनको माग पूरा गराउन लागिपरेको सरकारले पुन: यसलाई अघि बढाउन लागेको छ ।
यसैबीच, प्रचण्डले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै मितिमा हुने बताएका छन् । राजनीतिक दलहरुबीच एकै पटक दुवै निर्वाचन गर्ने सहमति बनिसकेको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया