Prachand said that there will be no relief in flood relief affected area
विशाल चौतारी समाचार
सप्तरी, २०७४ श्रावण ३२ बुधबार । नेकपा माओवादी केन्ऽका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री जनार्दन शर्मा र आपूर्ति मन्त्री शिवकुमार मण्डलले बुधबार बाढीग्रस्त ठाउाको निरीक्षण गरेका छन् ।
हेलिकप्टरबाट सप्तरी आएका उनीहरुले जिल्लाको हनुमाननगर(कंकालिनी नगरपालिकाको इनर्वा र राजविराज नगरपालिका १५ देउरी भरुवाको निरीक्षण गरे ।
निरीक्षणपछि माओवादी केन्ऽका अध्यक्ष प्रचण्डले बाढीपीडित जनताको उद्धार र पुनर्स्थापनाका लागि सरकारले काम गरिरहेको बताउादै यसमा पार्टीले पनि सहयोग गर्ने बताएका छन् । बाढीले ठूलो क्षति गरेको आफ्नै आाखाले देखेको बताउादै उनले राहतमा कुनै कमी हुन नदिने बताए ।
तराईरमधेस, हिमाल, पहाड जहााका जनता भएपनि परेको बेला एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउादै उनले तराईमा आएको यो विपत्तिको समयमा पहाड पनि सहयोग गर्न तयार रहेको बताए ।
बाढीमा परी ज्यान गुमाउनेको परिवारलाई सरकारले दुई लाख रुपैयाा दिने निर्णय गरेको भन्दै उनले यसलाई बढाउनुपर्नेमा जोड दिए । ‘हामी यो रकम बढाउन सरकारसाग कुरा गर्छौं’ उनले भने, ‘यो रकम बढ्नेमा म आशावादी छु ।’
उनले बाढीका कारण ज्यान गुमाएका देउरी भरुवाका डोमी यादवको परिवारसाग समेत भेट गरे ।
बाढीको निरीक्षण गर्न आएका गृहमन्त्री जनार्दन शर्माले सरकारसाग सामग्रीको कुनै समस्या नभएको बताए ।
सञ्चारकर्मीहरुसाग कुराकानी गर्दै उनले सरकार इमान्दारीपूर्वक बाढीपीडितका लागि काम गरिरहेको बताए । ‘सरकारसाग राहतको कमी छैन,’ उनले भने, ‘पाल, खानेकुरा सामग्री धेरै छ । तर, केहि ठाउामा बाटो अभावका कारण वितरणमा ढिलाई भइरहेको छ ।’
सरकारका सबै संयन्त्रले बाढीपीडित क्षेत्रमा काम गरिरहेको भन्दै उनले कुनै पनि रोग लाग्न नदिन स्वास्थ्यकर्मीहरु पनि व्यापक परिचालन गरिएको बताए ।
निरीक्षण टोलीमा आएका आपूर्ती मन्त्री शिवकुमार मण्डलले बाढीपीडितका लागि चामलसहितका सामग्रीको कुनै कमी नभएको बताए । चामलसहितका तत्कालै पठाउनुपर्ने सामग्रीहरु पठाइसकिएको बताउादै उनले समयमा वितरण गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकिएको जानकारी दिए ।
प्रतिक्रिया