Bisal Chautari Logo

प्रधानमन्त्री र राष्ट्रपतिलाई चिनिया उपप्रधानमन्त्री याङले भेट्दै

- ३२ श्रावण २०७४, बुधबार ०५:१९ मा प्रकाशित


Yang met Prime Minister
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण ३२ बुुधलबार । गत सोमबारदेखि नेपाल भ्रमणमा रहेका चिनियाा उपप्रधानमन्त्री वाङ याङले आज प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी छुट्छुटै वार्ता गर्दैछन् ।
chinese_dpm

तीनदिने नेपाल भ्रमणमा आएका उपप्रधानमन्त्री याङले प्रधानमन्त्री शेरबहादुर देउवासाग प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा दिउासो ३ बजे भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै राष्ट्रपति भण्डारीसाग वाङले अपरान्ह चार बजे शितलनिवासमा भेटबार्ता गर्नेछन् ।
राष्ट्रपतिसागको भेटवार्तापछि वाङ स्वदेश फर्कनेछन् । आजै वाङ नेतृत्वको टोलीसाग नेपाल उद्योग बाणिज्य महासंघकको टोलीले भेटबार्ता गर्दैछ ।
यसअघि वाङले मंगलबार प्रमुख राजनीतिक दलका नेताहरुसाग भेटबार्ता गरेका थिए । यसक्रममा नेपाल र चीनवीच तीन सम्झौतामा हस्ताक्षर भएका थिए ।
बाढी पीडितका लागि १० लाख अमेरिकी डलरको पनि घोषणा गरेका थिए ।
राजनीतिक भेटघाटका क्रममा उपप्रधानमन्त्री वाङले नेपाली नेताहरुलाई पुराना सम्झौताहरु कार्यन्वयनतर्फ अघि बढाउन चिनियाा राष्ट्रपतिको सन्देश सुनाएका थिए ।
वाङले आज राष्ट्रपति र प्रधानमन्त्रीसागको भेटमा पनि सोही विषयमा चासो राख्ने बताइएको छ ।

प्रतिक्रिया