Bisal Chautari Logo

मिथिला शर्माले, ७४ वर्षीय पूर्व आइजीपीसँग बिहे गर्दै

- २१ बैशाख २०७१, आईतवार १०:१८ मा प्रकाशित


mithila-sharma-and-motilal-bohara-marriage
विशाल चौतारी समाचार 
काठमाडौं, २०७१ बैशाख, २१, आइतबार ।
नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखी अभिनेत्री तथा नृत्यङ्गानाको रुपमा परिचित हुदै आइरहेकी चर्चित अभिनेत्री मिथिला शर्माले ५० बर्षको उमेरम आएपछि बिबाह बन्धनमा बाँधिने निर्णय गरेकी छिन् । अभिनेत्री बिबाह गर्ने दुलहा भने ७४ वर्षका रहेका छन् ।
यतिको वर्षसम्म बिबाह नगरेपछि बिबाह गर्लान् भन्ने केही संकै नलागेको बेलामा उनले पूर्वप्रहरी महानिरिक्षक मोतीलाल बोहरासँग बिहे गर्न लागेको समाचार एक्कासि आज प्रकाशित ‘नेपाल साप्ताहिक’मा रहेको छ । अभिनेत्री मिथिलाले यसै बर्ष भित्रमा नै बिहे गर्ने बताएकी छिन् । वि.सं २०२४ सालमा असई पदबाट प्रहरीमा प्रवेश गरी त्यसको एक बर्षपछि नै प्रहरी निरिक्षक भएयता मिथिला र बोहराको चिनजानी थियो । युवा अवस्थाबाट नै मिथिला बोहराको व्यक्तित्वबाट परिचित थिइन् । केही महिनाअघि बोहराको तर्फबाट बिहेको प्रस्ताव आएपछि मिथिला घोत्लिन बाध्य भएकी हुन् । 
७४ बर्षका बोहरा आफ्नो पत्नी कलाको एक बर्ष अघिको निधनको शोकबाट भर्खर मात्र बाहिर आएका थिए । बोहराको परिवारसँग मिथिला पूर्व परिचित पनि थिइन् । मिथिलाले आफूले एउटा गृहिणीको रुपमा नभई साथीको रुपमा बोहरासँग सम्बन्ध गाँस्न लागेको नेपाल साप्ताहिकलाई बताएकी छिन् ।

ad

प्रतिक्रिया