Bisal Chautari Logo

रियल मड्रिडले बार्सिलोनालाई ३–१ हरायो, रोनाल्डोलाई रातो कार्ड

- ३० श्रावण २०७४, सोमबार ०४:४९ मा प्रकाशित


Real Madrid beat Barcelona 3-1, Ronaldo’s red card
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण ३० सोमबार । स्पेनिस सुपर कपको पहिलो लेगमा रियल मड्रिडले बार्सिलोनालाई ३–१ ले हराएको हो । क्रिष्टियानो रोनाल्डोले गोल गर्नुका साथै रातो कार्ड पाएको छ ।
1099-barcelona-vs-real-madr

बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा नेयमार विनाको बार्सिलोना कमजोर देखियो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको सुरुमै जेरार्ड पिकेले आत्मघाती गोल गरेपछि रियलले अग्रता लियो ।
७७ औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो, जसमा मेस्सीले सहजै गोल गरे ।
८० औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई पुन: अग्रता दिलाए । तर, त्यसको दुई मिनेटपछि नै उनी रातो कार्ड पाउादै मैदानबाट बाहिरिए ।
खेलको मार्को एसेन्सिओले गोल गरेपछि रियल मड्रिड ३–१ गोल अन्तरले विजयी भएको छ ।

प्रतिक्रिया