Bisal Chautari Logo

नम्रता श्रेष्ठ भन्छिन् ‘प्रेम प्रस्ताव आइरहन्छ’

- २२ बैशाख २०७१, सोमबार ०६:५१ मा प्रकाशित


       फ्यान संवाद्ध       
Namrata Shrestha
नम्रता श्रेष्ठ (अभिनेत्री) 
काठमाडौं, २०७१ बैशाख, २१, आइतबार । एक दशक लामो चलचित्र करियरमा प्रशस्तै प्रशंसक पाएकी छु । मेरा फ्यान प्राय : सकारात्मक प्रवृत्तिका छन्। एक दशकदेखि चलचित्र क्षेत्रमा टिकिरहने एउटै आधार फ्यानको साथ नै हो । मैले अहिलेसम्म सँगालेको अनुभवमा पछिल्लो समयमा फ्यानसँग नजिकिन धेरै सजिलो छ। प्रविधिको विकाससँगै सामाजिक सञ्जाल फेसबुक, ट्विटर तथा अन्य धेरै अनलाइन माध्यमले सजिलो बनाएको छ। त्यसअघि फ्यानसँग नजिकिन यति सजिलो बाटो थिएन। उही कतै कार्यक्रममा भेट्दा फोटो खिचायो, अटोग्राफ दियो, सकियो।
पहिला चलचित्रको बारेमा मानिसले खासै वास्ता राख्दैनथिए। तर पछिल्लो समय सामाजिक सञ्जालकै कारण चलचित्रको बारेमा धेरै बहस हुन थालेको छ । चलचित्रसम्बन्धी बुझाइ पहिलेभन्दा फरक छ । पहिले मेरो अभिनयबारे फ्यानको बुझाइ र धारणा मलाई थाहै हुँदैनथ्यो । तर, सामाजिक सञ्जालको पहुँचले अनेक विचार अनि शैलीका फ्यानलाई पढ्ने मौका पाइएको छ ।

धेरै फ्यानहरु भन्छन्, ‘तपाईंलाई बच्चैदेखि मन पराउँछु, तपाईंले अहिलेसम्म अभिनय गरेका सबै चलचित्र हेरेको छु, आई लभ यु, विवाह गरौं।’ कोही फ्यान चाहिँ साथीमात्र भए पनि बनौं भन्ने गर्छन। फ्यानकै लागि म फेसबुकमा निकै अपडेट हुन्छु। आफ्नो बारेमा केही नयाँ जानकारी दिन परे सीधै फेसबुक खोलेर स्टाटसमा लेख्छु।

Namrata Shrestha is a Nepalese model and an actress. She is well known for her role in the romantic film Sano Sansar released in 2008, “Mero Euta Sathi Cha” and her appearance in music videos
धेरै फ्यान भन्छन्, ‘तपाईंलाई बच्चैदेखि मन पराउँछु, तपाईंले अहिलेसम्म अभिनय गरेका सबै चलचित्र हेरेको छु, आई लभ यु, विवाह गरौं ।’ कोही फ्यान चाहिँ साथीमात्र भए पनि बनौं भन्छन्। तर मलाई फ्यानको यस्ता प्रस्ताव कुनै नौलो लाग्दैन। किनभने एउटा फ्यानले प्रेमप्रस्ताव कलाकारको अभिनय तथा उसको कामले गर्दा गरेको हुन्छ। प्रेम प्रस्तावका म्यासेजलाई धेरैजसो ‘थ्यांक्यु’ भनेर जवाफ पठाइदिन्छु। फ्यानले विशेषगरी भ्यालेन्टाइन डेको अवसर पारेर प्रेमप्रस्ताव राख्छन् भनिन्छ। तर मेरो हकमा त्यस्तो छैन। मलाई जुनसुकै समय प्रेमप्रस्ताव आइरहेकै हुन्छ। जन्मदिनमा फेसबुकमार्फत ह्याप्पी बर्थडे लेख्दै मेरो लागि विशेष केक बनाएको र केक काट्न प्रस्ताव पनि गर्छन्। तर ती सबै कुरा सम्भव हुँदैन।
फ्यानकै लागि म फेसबुकमा निकै अपडेट हुन्छु। आफ्नो बारेमा केही नयाँ जानकारी दिन परे सीधै फेसबुक खोलेर स्टाटसमा लेख्छु। फुर्सदको समयमा मलाई फ्यानसँग कुराकानी गर्न मनपर्छ। त्यस्तै ट्विटरका फ्यानसँग संवाद गर्दा पनि रमाइलो लाग्छ।
केही फ्यान चाहिँ मैले अभिनय गरेका चलचित्रको सबै कथा सुनाउँछन्। आफ्नो चलचित्रको भूमिका म आफैंले बिसिर्सकेको हुन्छु तर फ्यानलाई सबै थाहा हुन्छ। मेरो नयाँ चलचित्र हलमा लाग्ने भएपछि चल्नुअघि प्रवर्धनमा साथ दिन्छन्। तर चलचित्र चलेपछि हलमा गएर सिनेमा हेरेर प्राय सबै फ्यानले समीक्षा गर्छन्। कतिपयले अभिनय राम्रो भएको त कसैले पहिलाको भन्दा अभिनय खस्किएको र सुधार्नुपर्ने सुझाउ दिन्छन्। फ्यानको यस्तो सन्देश र सुझाउले मलाई निखार्नमा प्रेरणा मिल्छ ।
(अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित विशाल राईसँगको कुराकानीमा आधारित)
अन्नपुर्ण  पोष्ट  दैनिकको  अनलाइनमा  हेर्न यहाँ  क्लिक  गर्नु होला  

ad

प्रतिक्रिया