Bisal Chautari Logo

उद्धार गरी राहतमा जुट्न महासङ्घको आग्रह

- ३० श्रावण २०७४, सोमबार ०३:५२ मा प्रकाशित


The Federation urged the gathering to get relief
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण ३० सोमबार । विश्व हिन्दू महासङ्घले मुलुकका विभिन्न ठाउामा आएको बाढी पहिरोले पुर्‍याएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेको छ ।
_विश्व_हिन्दू_महासङ्घ_

महासङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद बास्तोलाले आइतबार एक विज्ञप्ति जारी गरी केही दिनदेखि मुलुकभर परेको अविरल वर्षाका कारण भएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् ।
विज्ञप्तिमा बाढीपहिरोका कारण सुनसरी, झापा, सिन्धुली, दाङ, बर्दिया, मोरङलगायत जिल्लामा ७० जनाभन्दा बढी व्यक्तिको मृत्यु तथा ५० जनाभन्दा बढी सफ््यामा व्यक्ति बेपत्ता भएको, सयाौ घर डुबानमा परेको, हजारौा व्यक्ति घरबारविहीन एवम् विस्थापित हुन पुगेको छ ।
महासङ्घले कोशी नदीमा पानीको बहाव बढेसागै बााध फुट्ने र छिमेकी मुलुकलाई समेत ठूलो क्षति पुग्ने भन्दै समयमा नै कूटनीतिक पहल गरी समस्याको समाधान गर्न सरकारसाग आग्रह गरेको छ । महासङ्घले दु:खद घडीमा पीडितको उद्धार गरी राहत कार्यमा लाग्न सार्वजनिक रुपमा अपिलसमेत गरेको छ ।

प्रतिक्रिया