Bisal Chautari Logo

आशिरमान, आना र संयमको पोखरामा देखियो यस्तो क्रेज || मोफसल दौडाहामा ग्याङ्गस्टर टिम

- २४ श्रावण २०७४, मंगलवार १२:०६ मा प्रकाशित


gangster blues movie Aashirman Ds Joshi, Aana Sharma and Samyam Puri
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण २४ मंगलबार । आउदो भदौ २ बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ग्याङ्गस्टर ब्लूज’ टिम यतिबेला मोफसल प्रचारमा जुटेको छ । निर्माण युनिट, लिड कलाकार तथा सांगितिक टिम सहितको टोली मोफसलका मुख्य शहर पोखरा, बुटवल, चितवन र हेटौंडा लगायतका ठाउको लागी विभिन्न कार्यक्रम सहित भ्रमणमा निस्किएको हो ।
gangster blues movie Aashirman Ds Joshi, Aana Sharma and Samyam Puriफिल्म युनिटले शनिबार र आईतबार पोखराका विभिन्न ठाउामा ‘स्ट्रिट कन्सर्ट’ सहित प्रचारात्मक कार्यक्रम सम्पन्न गरेको छ । पोखराको ट्रेड मलमा शनिबार सााझ आयोजित कार्यक्रममा स्थानिय सयौं दर्शक झुम्मिए । चर्चित संगीतकार तथा गायक कालिप्रसाद बाास्कोटा अनि गायिका वाणिमा प्रधानको गायनमा कम्मर मर्काए । यस्तै लिड अभिनेता आशिरमान देशराज जोशी, संयम पुरी, अभिनेत्री द्वय आना शर्मा र रोजिशा शाहीसाग सेल्फीमा रमाए ।
gangster blues movie Aashirman Ds Joshi, Aana Sharma and Samyam Puri (3)फिल्म मुख्यत: युवा पुस्ता पक्षित हुादा निर्माण टिमले सोही प्रकारको ’पब्लिसिटी स्टाटेजी’ बनाएर आईतबार पोखरा आसपासका कलेजहरुमा पुग्यो । जहाा अचम्मको माहोल बन्यो बिधार्थीहरु पढाई छाडेरै आशिर आना अनि संयमसाग अंकमाल गर्न, सेल्फी लिन अनि तश्विर खिचाउनमा निस्किए । आईतबार बिहान जनमैत्री क्याम्पस प्राङ्गणमा सम्पन्न कन्सर्टमा ५ सय बढि विधार्थीको सहभागिता देखीयो ।
जेएमसीसगै ला ग्राण्डी ईन्टरनेशनल कलेजमा भएको छुट्टाछुट्टै कार्यक्रमबाट आशिरमानलाई बाहिर निकाल्न नै आयोजकलाई मुश्किल परेको थियो । सेल्फीमा रहाउनेदेखि गालामा किस गर्ने अनि अटोग्राफ लिने भिन्न भिन्न प्रकारका आशिर क्रेजी फ्यानहरु पोखरामा भेटिए । पहिलो फिल्म रिलिजको छेकोमा नै आशिरमा देखिएको क्रेजले स्थानियबासीले उनलाई भोलीको स्टारको उपमा दिएका छन् । यस्तै लामो समयपछि दर्शकमाझ नजिकबाट पुगेका ‘सायद’ अभिनेता संयम पुरीको क्रेज पनि पोखरेलीमाझ उस्तै देखियो भने ‘जेरी’ पछि पर्दामा ’ग्याङ्गस्टर ब्लूज’बाट पर्दामा पुनरागमन गर्दै गरेकी आना पनि सोहि प्रकारले घेरिईन् ।
gangster blues movie Aashirman Ds Joshi, Aana Sharma and Samyam Puri (1)कार्यक्रममा फिल्म युनिटले क्विज कन्टेस्ट पनि सम्पन्न गरेको छ । फिल्मसग सम्बन्धित रहेर गरिएका प्रश्नको सहि उत्तर दिने मध्येबाट पोखरामा भदौ १ गते हुने प्रिमियरको लागी सात जना दर्शकले कलाकारसागै रहेर फिल्म हेर्ने अबसर आफ्नो पक्षमा पारेका छन् ।
त्यसपश्चात आयोजित पत्रकार भेटघाटमा फिल्म निर्देशक हेमराज बिसीले पोखरेली दर्शकले दिएको माया र सद्भावलाई भदौ २ मा रिलिजपछि फिल्मले न्याय गर्ने बोले । पछिल्लो पुस्ताका दर्शकको मनोभावनालाई सम्बोधन गर्ने किसिमले फिल्म बनाएको भन्दै बिसीले दर्शकलाई आफ्ना पछिल्ला सबै फिल्मले भन्दा फरक स्वाद ‘ग्याङ्गस्टर ब्लूज’ले दिने दाबी पनि गरे ।
निर्माता सरोज न्यौपानेले पोखरेली दर्शकले फिल्मप्रति देखाएको उत्सुकता अनि चासो तथा लिड अभिनेता अभिनेत्री प्रतिको क्रेजले फिल्म सफलताको संकेत दिएको बोले । आईतबारको पोखरा कार्यक्रम सकाएर फिल्म टिम बुटवल पुगेको छ । सोमबार तथा मंगलबार बुटवलमा कार्यक्रमपछि बुधबार ‘ग्याङ्गस्टर’ टिम चितवनका कार्यक्रममा सहभागी हुनेछ । त्यसपश्चात शुक्रबार र शनिबार हेटौंडामा हुने प्रचारात्मक कार्यक्रम तथा कन्सर्टमा कलाकार सहितको टिम उपस्थित हुनेछ ।
तश्विर: मिलन ढुङ्गाना

प्रतिक्रिया