Bisal Chautari Logo

पहिराका कारण आधा दर्जन घर जोखिममा

- २४ श्रावण २०७४, मंगलवार ०७:१५ मा प्रकाशित


 homes at risk due to the landslide
विशाल चौतारी समाचार
ताप्लेजुङ, २०७४ श्रावण २४ मंगलबार । विभिन्न स्थानमा पहिराका कारण दुई घरपरिवार विस्थापित भएका तथा आधा दर्जन बढी घर जोखिममा परेका छन् ।
landslide in nepal

पहिराका कारण फक्त्ताड्लुङ गाउापालिका– ३ स्थित लिंखीमको थिवा बस्तीका डम्बरबहादुर लाबुङ लिम्बूको परिवार शुक्रबारदेखि नै विस्थापित भएको छ । सोही ठाउामा रहेका सात घर पहिराको जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।
बस्ती छेउमा उत्तर–दक्षिण ओलाङ्चुङगोला राजमार्ग सडक आयोजनाले सडक निर्माण गरेको तर तारसहितको पर्खाल नलगाएकाले त्यहीाबाट पहिरो बग्न थालेको स्थानीयवासीको भनाइ छ । विस्थापित लाबुङ परिवार छिमेकीको शरणमा छ ।
यता गए राति घरमाथिबाट झरेको पहिराले फुङ्लिङ नगरपालिका– ९ हाङ्देवाका वीरेन्ऽ कार्कीको परिवार विस्थापित भएको छ भने सिदिङ्वा गाउापालिका– ३ मा दुई घर जोखिममा परेका छन् । पहिराका कारण स्थानीयवासीले लगाएको धानखेतीका साथै अलौचीबालीमा समेत क्षति पुगेको स्थानीयवासी प्रकाश राईले जानकारी दिएकाछन् । रासस

प्रतिक्रिया