Bisal Chautari Logo

११ जना डीआजी एआईजीमा बढुवा

- १९ श्रावण २०७४, बिहीबार ०७:५८ मा प्रकाशित


11  AIG
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण १९ बिहिबार । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीका ११ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।

mantri parisat                                                                     फाइल फोटो 

एआईजीमा बढुवा हुने प्रहरी अधिकृतहरुमा पशुपति उपाध्याय, माधवप्रसाद जोशी,  कमल सिंह बम, मिङमार लामा, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, बमबहादुर भण्डारी, केशरीराज घिमिरे, विजयलाल कायस्थ, रणबहादुर चन्द र विजयकुमार भट्ट रहेका छन् ।

मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिले गरेको सफारिस अनुसार डीआईजीहरुलाई एआईजीमा बढुवा गरेको हो । बढुवा सिफरिस समितिले गत असार ३१ गते उनीहरुको बढुवाका लागि सिफारिस गरेको थियो । यसअघि बढुवा सिफारिसविरुद्ध परेको उजुरी पुनरावलोकन समितिले खारेज गरेपछि सरकारलाई बढुवा गर्न बाटो खुलेको थियो ।
आजकै मन्त्रिपरिषद बैठकले अर्थशास्त्री डा स्वर्णिम वाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया