Bisal Chautari Logo

विज्ञानको निर्देशनमा गायक भिषणको ‘कोही उदास’ हेरेर राजेशदेखि दयाहाङ सम्म भावुक बने (भिडियोसहित)

- १६ श्रावण २०७४, सोमबार ११:५६ मा प्रकाशित


Bhishan Mukarung song Kohi Udash launching program rajesh payal rai and dayahang rai
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण १६ सोमबार । गायक भिषण मुकारुङको स्वर, शुभ मुकारुङको शब्द तथा बलराम समालको संगीतमा रहेको ‘कोही उदास’ गीत युवा निर्देशक विज्ञान राईको निर्देशनमा सार्वजनिक भएको छ ।
Bhishan Mukarung song Kohi Udash launching program rajesh payal rai and dayahang rai-1राष्ट्रको मोति भन्दा मुल्यबान सम्पति युवालाई देशले चिन्न नसकेको र युवा भित्रको उर्जा बिदेशमा बेच्नु पर्ने बाध्याता अनि वास्तबिक्ताई भिडियो तथा गीतमा प्रश्ट्याउन खोजिएको छ ।
गायक भिषण मुकारुङको ‘चन्द्र मुखी’ एल्बममा समावेश रहेको यो गीतमा युवा संघर्ष र उनीहरुको पिडा समावेश गरिएको छ । केही दिन अगाडी काठमाडैमा गायक भिषणको जन्मदिनको अवसरमा निर्देशक विज्ञान र यस म्युजिक भिडियोका कलाकार योगेन्द्र राईले गिफ्ट स्वरुप यो गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
Bhishan Mukarung song Kohi Udash launching program rajesh payal rai and dayahang raiगीतकार शुभ मुकारुङले आफुले नेपाली समाजको यथार्थलाई शब्दमा उतारको बताए । कार्यक्रममा उपस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङ, गायक राजेशपायल राई, संगीतकार पारस मुकारुङ, नायक दयाहाङ राई लगायतले जिवन्त गीत बनेको बताए ।
विज्ञान राईले निर्देशन गरेको भिडियोमा योगेन्द्र राई, करण धिताल, पल्पसा डंगोल लगाएतको अभिनय रहेको छ । गायक मुकारुङको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको भिडियो विज्ञान र योगेन्द्रले निर्माण गरेका हुन् । गायक मुकारुङले आफ्नो करिअरकै सबैभन्दा उत्कृष्ट र जिवन्त गीत भएको सुनाए । उनले जीवनमै पहिलो पटक बिना लगानी म्यूजिक भिडियो निर्माण भएको भन्दै विज्ञान र योगेन्द्रलाई धन्यवाद समेत दिए ।

कार्यक्रममा चर्चित गायक राजेशपायलदेखी चर्चित अभिनेता दयाहाङसम्मले यो गीतको भिडियोको बारेमा के भने त ? भिडियो हेर्नुहोस् :

Kohi Udash – Bhishan Mukarung | New Nepali Adhunik Song 2017

Album : Chandramukhi
Vocal : Bhishan Mukarung
Lyrics : Subha Mukarung
Music : Balaram Samal
Arranger : Gopal Rasaili
Audio / Video : Sewa Entertainment
Models : Yogendra Rai, Karan Dhital, Palpasa Dangol, Krishna Bhakta Maharjan
MUA : Tina Rai and Sushma Rai
Post Production : Movie Factory
Camera / Edit / Direction : Bigyan Rai

Yogendra Rai Bhishan Mukarung song Kohi Udash launching program rajesh payal rai and dayahang rai

Bhishan Mukarung song Kohi Udash launching program rajesh payal rai and dayahang rai-2

प्रतिक्रिया