Bisal Chautari Logo

नेपाल आइडलबाट आउट भएकी सन्ध्या जोशी चाडै गीत ल्याउने तयारीमा

- १५ श्रावण २०७४, आईतवार ०५:३८ मा प्रकाशित


sandhya joshi nepal idol
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण १५ आइतबार । धनगढीकी सन्ध्या जोशी नेपाल आइडलबाट बाहिरिएकी छिन् । एपी वान टिभीबाट प्रसारण भइरहेको रियालिटी शो नेपाल आइडलबाट सन्ध्या जोशी यो साता बाहिरिएकी हुन् ।
sandhya joshi nepal idol२३ वर्षिया जोशी यसअघि पनि पटक पटक डेन्जर जोनमा पर्दै आएकी भए पनि बचेकी थिइन् । यो साता भने उनी बाहिरिइन् । गत शुक्रबार साझ भएको एलिमिनेसन राउण्डबाट उनी भोटको आधारमा बिदा भएकी हुन् । टप ९ को एलिमिनेसन राउन्डमा सन्ध्यासँगै सुजता पाण्डे र प्रताप दास पनि डेन्जर जोनमा परेका थिए । तर, तीन जनामा पनि कम भोटको आधारमा सन्ध्या आउट हुन पुगेकी हुन् ।
सन्ध्याले अडिसनमा ‘लैजा चरी’ गीत गएर नेपाल आइडलको यात्रा सुरु गरेकी थिइन् । नेपाल आइडलको मञ्च छोड्ने क्रममा सन्ध्या धेरै बोल्न सकिनन् । उनले नेपाल आइडलको परिवार, यहाको आत्मियता र नेपाल आइडलको स्टेज मिस हुने बताएकी थिइन् ।
सबैखाले गीत गाउन रुचाउने सन्ध्याको आफैले कम्पोज गरेको गीत छिट्टै बाहिर ल्याउने तयारी रहेको छ । औपचारिक रुपमा कतैबाट संगीतको शिक्षा नलिएकी सन्ध्याले रेडियो र टिभीमा गीत सुनेको आधारमा नै गीत गुनगुनाउन थालेकी थिइन् ।
नेपाल आइडलमा अब निशान भट्टराई, बुद्ध लामा, सुरज थापा, प्रताप दास, सागर आले, उल्सन श्रेष्ठ, सुजाता पाण्डे र प्रमिला राई प्रतियोगी रहेका छन् ।

प्रतिक्रिया