Bisal Chautari Logo

रमेश वुढाथोकीले भने ‘भुइामान्छे’ असल चलचित्र हो, सफल रिलिजपछि हुन्छ’

- १४ श्रावण २०७४, शनिबार १२:३९ मा प्रकाशित


BHUIMANCHHE movie Ramesh Budhathoki and Sipora Gurung
विशाल चौतारी समाचार
पोखरा, २०७४ श्रावण १४ शिनिबार । नेपाली चलचित्र ‘भुईंमान्छे’को टिम प्रचारका लागि पोखरा आएको छ । भदौ २ गतेबाट देशैभरका हलहरुमा प्रदर्शन हुने भएपछि ‘भुईंमान्छे’ टीम प्रचारका लागि पोखरा आएको हो । पोखरा आएको टोलीमा चलचित्रका प्रमुख निर्माता रोहिणी भट्टराई, मुख्य कलाकार रमेश बुढाथोकी, नायिका सिपोरा गुरुङलगायत छन् । ‘भुईंमान्छे’ टीमले विहीबार पोखरामा पत्रकार सम्मेलन गरी चलचित्र भदौ २ गतेदेखी काठमाडौं, पोखरासहित देशैभर प्रदर्शनमा आउने जानकारी दियो ।
BHUIMANCHHE movie Ramesh Budhathoki and Sipora Gurungशैली ईन्टरटेनमेन्ट एण्ड मुभिज प्रालि र शैली थिएटरको प्रस्तुतीमा बनेको चलचित्र ‘भुईंमान्छे’ अस्पतालमा पोष्टमार्टम गर्ने मान्छेको मनोविज्ञानमा आधारित छ । दैनिक लास चिर्ने मान्छेको जीवन कस्तो हुन्छ ? उसलाई समाजले कसरी हेरेको हुन्छ ? भन्ने चलचित्रमा देखाइएको चलचित्रका प्रमुख निर्माता राहिणी भट्टराईले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले चलचित्रको कथावस्तु मूलधारको चलचित्रको भन्दा अत्यन्तै पृथक भएको बताए । उनले ‘भुईंमान्छे’ दर्शकलाई बेग्लै स्वाद दिदै मनोरञ्जन प्रदान गर्ने बताए । म
बरिष्ठ अभिनेता तथा चलचित्र ‘भुईंमान्छे’का मुख्य कलाकार रमेश बुढाथोकीले ‘भुईंमान्छे’ असल चलचित्र रहेको बताए । चलचित्र ‘भुईंमान्छे’ फ्याक्ट्रीबाट निस्केको चाउचाउ जस्तो नभएको बताउदै उनले भने,’कलिउडमा सफल र असल दुई खालको चलचित्र बन्नेगरेको छ, चलचित्रले ब्यापार राम्रो गर्‍यो भने त्यो सफल हुन्छ, तर कुनै नचलेपनि समाजलाई मार्ग निर्देश गर्ने खालको हुन्छ, हो चलचित्र ‘भुईंमान्छे’ असल चलचित्रको कोटामा पर्छ ।’ उनले चलचित्र ‘भुईंमान्छे’ले ब्यापार पनि राम्रो गरेर सफल हुने उनले विश्वास व्यक्त गरे ।
चलचित्रकी नायिका सिपोरा गुरुङले चलचित्र ‘भुईंमान्छे’ एकदमै राम्रो भएका बताईन् । उनले चलचित्रलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् । यो चलचित्रले आफूलाई चलचित्र नगरीमा स्थापित गर्ने उनको भनाई छ । आफू चलचित्रको काममा चूजी भएको बताउादै उनले चलचित्रको विषयवस्तु र आफ्नो भूमिकालाई हेरेपछि मात्र ‘भुईंमान्छे’मा काम गरेको उल्लेख गरिन् । उनले चलचित्रमा आफू स्पोर्टी कलेज गर्लको रुपमा रहेको जानकारी दिईन् ।
चलचित्र ८० लाखमा बनेको र यसको फाइनल प्रोडक्सनको काम चलिरहेकाले लगानी अझै बढ्ने मुख्य निर्माता रोहिणी भट्टराईले बताए । चलचित्र राम्रो बनेकाले ब्यबसायीक रुपमा पनि चलचित्र चलेर खर्च उठाउनेमा आफू आशावादी रहेको उनले बताए ।

प्रतिक्रिया