Bisal Chautari Logo

अक्षयकुमार २० वर्षपछि दास्रो पटक नेपाल आउँदा

- २४ बैशाख २०७१, बुधबार ०७:३० मा प्रकाशित


Akshay Kumar in kathmandu nepal for movie basanti
काठमाडौं, २०७१, बैशाख २४ बुधवार । बलिउडका चर्चित अभिनेता अक्षय कुमार अहिले चलचित्र ‘बसन्ती’को छायांकनका लागि नेपाल आएका छन् । छिमेकी देश भारतको चलचित्र नेपालमा बढि हेरीने भएकाले अभिनेता अक्षयकुमार नेपालको लागी चर्चा ब्राण्ड एम्वेस्डरमा नियुक्त भएझै भएको छ । अभिनेतालाई दिइएको कडा सुरक्षा अनी आफ्नो स्टारटिजमले गर्दा चर्चा अझ चुलिएको छ । 
काठमाण्डौको ठमेल, ह्यात होटल, भत्तपुर लगायत स्थानका साथै त्रिभुवन विमानस्थलमा सिनेमा छायांकन गर्ने योजनाका साथ बसन्ती यूनिट नेपाल आएको थियो । अभिनेता अक्षयलाई हेर्न फ्यानहरुको उनी आएकै दिनदेखी लाइन लाग्न सुरु भएको थियो । 
Akshay Kumar and Srijana rai

यस्तै क्रममा अभिनेता अक्षयकुमारले गत मंगलबार भक्तपुर छायाकनको क्रममा आफ्ना फ्यानहरु सहितको क्राउडमा खिचिएको तस्बिर आफ्नो सामाजिक सञ्जाल फेसबुक, ट्विटर तथा स्टलग्राममा सार्वजनिक गरेका छन् । उनले आफ्नो तस्विरमा लेखेका छन्, ‘एउटा अभिनेताको लागी अच्चमको भिड । नेपाल दोस्रो चोटि २० वर्षपछि नेपाल आएको, सबैको माया पाए । धन्यवाद सबैलाई’, अभिनेता अक्षयकमारले लेखेका छन् । {Most amazing crowd an Actor could wish for! Nepal I dont know why it took me 20 years 2 come back here. Loving ur support X} – Akshay Kumar 

निरज पाण्डेले निर्देशन गरिरहेको यो सिनेमामा नेपालका केही निर्देशकहरुले पनि सहायकको रुपमा काम गरिरहेका छन् । अभिनेता अक्षय कुमारसंगै यसै चलचित्रकी अभिनेत्री तपस्वी तन्नुपनि काठमाण्डौको हायात होटलमै बसेका छन् ।

प्रतिक्रिया