Bisal Chautari Logo

श्रीमान जिपीको निर्देशनमा, पुर्व मिस नेपाल उषाले चलचित्र ‘आउँदै जाँदै’ बनाउने

- ८ श्रावण २०७४, आईतवार १६:२५ मा प्रकाशित


miss nepal usha khadgi movie aaudai jadai nepali movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण ८ आइतबार । मिस नेपाल–२००० उषा खड्गीले चलचित्र निर्माण गर्ने भएकी छिन् । पुर्व मिस नेपाल उषाले निर्माण गर्ने चलचित्रको नाम ‘आउँदै जाँदै’ रहेको छ ।
miss nepal usha khadgi movie aaudai jadai nepali movie-2आइतबार राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्रको घोषणा गरियो । रोमान्टिक कमेडी जनराको चलचित्रलाई उषाका पति तथा मिडिया पर्सनालिटी जिपी तिमल्सिनाले निर्देशन गर्नेछन् । जिपी झण्डै डेढ दशकदेखि मिडिया क्षेत्रमा सक्रिय छन् ।
तिहारपछि छायाँकन सुरु गरिने चलचित्रको मुख्य कलाकारहरु भने तय भैसकेका छैनन् । प्रेसमिटमा निर्देशक तिमल्सिनाले कलाकारहरु चााडै नै तय गरिने बताए । २६ वर्षका युवाहरुको प्रेम कथालाई पर्दामा उतारिनेछ । काठमाण्डौं, पोखरा, चितवन र पश्चिम नेपालमा छायााकन गरिने फिल्मको लगानी एक करोडसम्म पुग्ने आाकलन गरिएको छ । प्रेसमिटमा निर्देशक तिमल्सिनाले आफुले निर्देशन गर्ने फिल्मले दश करोड सम्म कमाउन सक्ने आँकलन गरे ।
miss nepal usha khadgi movie aaudai jadai nepali movieसामिप्यराज तिमल्सिना र प्रज्ञान थापाको लेखन रहेको रहेको फिल्म ‘आउँदै जाँदै’ मा सन्तोष अधिकारी र मनोज बदेल सह निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया