Susan Samsohang Limbu song Timrai Lagchha Pir FT Mala Limbu, Sunil Chhetri
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण ५ बिहिबार । युवा गायकहरुमा निकै अगाडी आइरहेको नाम हो, सुसन साम्सोहाङ लिम्बु । संगीतमा उनको निरन्तर लगावले इटा थप्ने काम त गरिरहेकै छ, साथमा दर्शकलाई मनोरञ्जनपनि दिइरहेको छ ।
इन्डियाको एक रियालिटी शो डान्स इन्डिया डान्सको सिजन २०१३मा आफ्नो नाम निचाउन सफल सुनिल क्षेत्रि अहिले नेपाली म्युजिक भिडियोमा जमिरहेको नाम हो ।
कोरियोग्राफी र मोड्लिङमा जमिरहेका सुनिललाई म्युजिक भिडियो निर्देशनमा ल्याउने काम गायक सुसन साम्सोहाङ लिम्बुले गरेका छन् । सोही निर्देशनमा बनेको भिडियो ‘तिम्रै लाग्छ पिर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नरेश भट्टराईको शब्द रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ । म्युजिक भिडियोमा स्वयम निर्देशक सुनिल र अभिनेत्री तथा मोडल माला लिम्बु फिचरिङ छन् । यस भिडियोलाई अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको छ भने, बिकाश ज्वालीले सम्पादन गरेका हुन् ।
New Nepali Pop Song “Timrai Lagchha Pir” by Susan Samsohang Limbu
Lyrics: Naresh Bhattarai
Music and Arrange: Hari Lamsal
Studio: Acoustic Nepal
Artists: Mala Limbu, Sunil Chhetri and Nepali Thitoss
Camera: Arjun Tiwari
Edit: Bikash Gyawali
Choreographer and Direction: Sunil Chhetri
प्रतिक्रिया