Bisal Chautari Logo

सफलता सेलिव्रेशन गर्न र दर्शकसंग चलचित्र हेर्न ‘म यस्तो गीत गाउछु’ टिम मोफसलमा

- ४ श्रावण २०७४, बुधबार ०८:१४ मा प्रकाशित


paul shah and pooja sharma MA YESTO GEET GAUCHHU movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण ४ बुधबार । शुक्रबारबाट रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले बम्पर व्यापार गरेपछि यसको निर्माणपक्ष अहिले निकै खुशी देखिएको छ ।
ma yesto geet gauxu movie premiere ft paul shah and pooja sharma (13)मंगलबारसम्मको व्यापारबाटै चलचित्रको लगानी नेपालबाटै सुरक्षित हुने पक्कापक्की छ । निर्देशक सुदर्शन थापा भन्छन्–‘चलचित्र लगानी सुरक्षित गर्ने दौडमा छ । नेपालबाटै चलचित्रले राम्रो नाफा कमाउनेछ ।’
चलचित्र रिलिजको २ दिनमै यसले १ करोड ८० लाखको ग्रस कलेक्शन गरेको आाकडा वितकरहरुले दिएका थिए । चलचित्र सफल भएपछि निर्देशक सुदर्शन थापा, नायक पल शाह, नायिका पूजा शर्मा, कलाकार राजाराम पौडेलको टीम मोफसल दौडमा लागेको छ ।
यो टिमले मोफसलका दर्शकसाग बसेर चलचित्र हेर्ने र सफलता सेलिव्रेशन गर्नेछ । निर्देशक थापाले भने–‘हामी आजबाट काठमाण्डौ बाहिरका विभिन्न जिल्लामा पुग्दैछौ । पोखराबाट हाम्रो सफलता सेलिव्रेशन सुरु हुनेछ ।’
नायिका पूजा शर्माले काठमाण्डौ बाहिर पनि चलचित्रले राम्रो व्यापार गरेको भन्दै दर्शकलाई धन्यवाद दिन मोफसल दौडमा लागेको बताइन् ।
यो बर्षकै पहिलो सफल चलचित्रको रुपमा दहरिएको ‘म यस्तो गीत गाउाछु’ हेर्न दर्शकको भीड हलमा अझै लोभलाग्दो देखिएको छ ।

प्रतिक्रिया