Bisal Chautari Logo

साकिराको ‘ला ला ला’ सार्वजनिक (अफिसियल भिडियो सहित)

- २५ बैशाख २०७१, बिहीबार ०६:५९ मा प्रकाशित


Shakira – Dare (La La La)
न्युयोर्क, २०७१ बैशाख, १२ विहीवार । विश्वकप फुटवलबाटै विश्वमै चर्चामा आएकी चचिर्त कोलम्बियन पपस्टार गायिका सकिराले यसपटकको विश्वकप फुटबलका लागि पुन : अर्को नया गीत गाएकी छिन् । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबलका लागि उनले गाएको ‘वाका वाका’ बोलको गीत सार्वाधिक चचिर्त भएको थियो ।
गायिका साकिराको २०१४ को वल्डकपका लागी नयाँ गीतको बोलको ‘ला ला ला’ रहेको छ । यसपालीको गीत गायिका स्वयंम उनी आफै लेखेकी हुन् । यो नयाँ गीत ‘डेयर’को संशोधित रुप हो । 
केही म्युजिक कम्पनीले फुटबलका केही दृष्यलाई मिलाएर गीतको भिडियो नै बनाएर सार्वजनिक गरेका पनि थिए । तर यस गीतको अफिसियल म्युजिक भिडियो भने गत मे ७ तारीकको दिन सार्वजनिक भएको हो । गीतमा गायिका साकिराले मोड्लिङपनि गरेकी छिन् । 
आफ्नो एल्बममा समावेश भएको ‘डेयर’ बोलको गीतको संशोधित रुपको रुपमा उनले विश्वकप गीतलाई तयार पारेकी हुन् । ब्राजिलमा हुने फुटबलको महाकुम्भमेलामा साकिराको ‘ला ला ला’ ले सबैको ध्यान खिच्नेमा गायिका साकिरा विश्वस्त देखिएकी छिन् । नयाँ गीत हेर्न यहा क्लिक गर्नुहोस् । पुरानो वल्डकप गीत हेर्न यहा क्लिक गर्नुहोस् ।

ad

प्रतिक्रिया