Bisal Chautari Logo

‘पर्व’को ब्यापार ३ दिनमा करोड ग्रस || वर्ड अफ माउथ बलियो

- १५ जेष्ठ २०७४, सोमबार १२:३९ मा प्रकाशित


PARVA New Nepali Movie Ft Namrata Shrestha, Koshish Chhetri
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ जेठ १५ सोमबार । शुक्रबारबाट रिलिज भएको चलचित्र ‘पर्व’ले ३ दिनमा करोड ग्रसको कमाई गरेको यसको निर्माणपक्षले बताएको छ । निर्माता सुवास गिरीले दिएको जानकारी अनुसार चलचित्रले ३ दिनमा करोड ग्रसको व्यापार गरेको हो ।
PARVA New Nepali Movie Ft Namrata Shrestha, Koshish Chhetriबलियो वर्ड अफ माउथका कारण चलचित्रले सोमबार बिहानैदेखि सुखद व्यापार गरिरहेको छ । सोमबार परेको सार्वजनिक बिदाका कारण चलचित्रलाई फाइदा मिलेको निर्माता सुवास गिरीले जानकारी दिए ।
निर्माता गिरीले भने–‘शुक्रबार देशभरबाट चलचित्रले ३० लाखको कमाई गरेको थियो । शनिबार व्यापार ७० लाखको भएको छ । आइतबार देशभरबाट १४ लाखको मात्र व्यापार भयो ।’
उनले ३ दिनमा चलचित्रले १ करोड ग्रसको व्यापार गरेको जानकारी दिदै एक सातामा लगानी सुरक्षित हुने जानकारी दिए ।
दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको अभिनय छ ।
निर्देशक दिनेश राउतले भने–‘वर्ड अफ माउथका कारण सोमबार पनि चलचित्रको व्यापार सुखद छ । दर्शकले चलचित्रलाइ मन पराइदिनुभएको छ । एउटा निर्देशकको नाताले मलाई खुशी लागेको छ ।’
शुक्रबार काठमाण्डौको क्यूएफएक्सले ७ वटा शो दिएकोमा सोमबार बढाएर ९ पुर्‍याएको छ । यस्तै, के एल टावरमा पनि एउटा शो थपिएको छ भने वीएसआर हलमा भने एउटा शो थप गरिएको छ । काठमाण्डौ बाहिर ७ वटा हल थपिएको निर्माणपक्षले जानकारी दिएको छ ।
सुवास गिरी र निकिता पौडेलले मिलेर बनाएको यो चलचित्रलाई सस्पेन्स थ्रिलर शैलीमा निर्देशकले प्रस्तुत गरेका छन् ।
चलचित्रमा राजेश श्रेष्ठको छायांकन, चन्द्र पन्तको एक्सन, बनिष शाहको सम्पादन, कोशिश क्षेत्रीको संगीत छ ।

प्रतिक्रिया