Rajesh Payal Rai local election 2017 nepal
विशाल राई
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ जेठ १ सोमबार । हिजो स्थानीय तहको पहिलो चरणको निर्वाचनको दिन करिव २ बजेतिर गौशला चोक नजिकै भिडभाड थियो । हल्का पानी पनि परिरहेको थियो । सो भिडभाडलाई क्यामेरामा कैद गर्दा चर्चित गायक राजेश पायल राई देखिए । त्यहा गायक राजेशपायललाई फ्यानहरुले घेरेका रहेछन् ।
सो भिडबाट निस्किएर गायक राजेशपायल पैदल हिड्दै बानेश्वर तर्फ लागे । मैले उनलाई प्रश्न गरे, तपाई पैदल कता हिड्नु भएको भनेर ? माक्स लगाएका गायक राजेशपायलले भने ‘– प्रथम लोकल इलेक्सनमा भाग लिन हिडेको ।’ गायक राईले यसरी पब्लिकमा फ्रि भएर हिड्न पाउदा अत्यन्त मजा लाग्ने बताए ।
स्थानीय तहको पहिलो चरणको निर्वाचन तीन वटा प्रदेशको ३४ जिल्लामा सकिएको छ । गायक राजेशपायल राईले काठमाडौं क्षेत्र नम्बर १ को वडा नम्बर ३१ बानेश्वर शान्तिनगरबाट मतदान गरे ।
प्रतिक्रिया