Bisal Chautari Logo

पुजाको जन्मदिनमा हात समाएर पलले गीत गाउदै विस गरे (भिडियो सहित)

- १८ बैशाख २०७४, सोमबार ०६:५७ मा प्रकाशित


pooja sharma Birthday Celebration with paul shah
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ बैशाख १८ सोमबार । ‘म यस्तो गीत गाउँछु’की अभिनेत्री पूजा शर्माले आफ्नो जन्मदिन भब्य रुपमा सेलिव्रेशन गरेकी छिन् । बैशाख १७ गते हिजो काठमाण्डौमा पूजाले नजिकका चलचित्रकर्मी, पत्रकारलाई निम्त्याएर आफ्नो बर्थ डे सेलिव्रेशन गरिन् । चलचित्र ‘म यस्तो गीत गाउँछु’को ‘भन्छु आज’ बोलको गीतको भिडियो सार्वजनिक गर्ने बहाना पारेर पूजाको जन्मदिन सेलिव्रेशन गरिएको थियो ।
pooja sharma Birthday Celebration with paul shahचलचित्र ‘म यस्तो गीत गाउँछु’का मुख्य अभिनेता पल शाहले पूजाको हात समात्दै कार्यक्रममै गीत गाएका थिए । पलले हातै समातेर गीत गाउँदै जन्मदिनको शुभकामना दिएपछि पूजा दंग देखिएकी थिइन् । अभिनेता पलले पुजालाई गीत गाएर मात्र हैन, बुकी फुल पनि दिएका थिए ।
pooja sharma Birthday Celebration with paul shah (4)केक काट्दै पूजाले सबैसाग यसरि जन्मदिन सेलिव्रेशन गर्न पाउदा आफू अत्यन्तै खुशी भएको बताइन् । चलचित्रका मुख्य कलाकार सरोज खनाल, रुपा राना लगायत पनि उनलाई शुभकामना दिन पुगेका थिए । यस्तै, पूजालाई शुभकामना दिन केही चलचित्रकर्मी कार्यक्रममा पुगेका थिए ।
कार्यक्रममा एकसाथ पुगेका पल र पूजाको पहिरन र हेयर स्टाइलको तारिफ भयो । यस्तै, चलचित्रका निर्देशक सुदर्शन थापाले पनि पूजालाई जन्मदिनमा शुभकामना दिए । पूजाले आफनो उमेर भने खुलाइनन् ।

pooja sharma Birthday Celebration with paul shah (6)

pooja sharma Birthday Celebration with paul shah (1)

pooja sharma Birthday Celebration with paul shah (2)

pooja sharma Birthday Celebration with paul shah (3)

pooja sharma Birthday Celebration with paul shah (5)

प्रतिक्रिया