Bisal Chautari Logo

जेठ १९ नजिकिदै गर्दा ‘रातो घर’को तेस्रो ट्रेलर रिलीज (भिडियो सहित)

- १७ बैशाख २०७४, आईतवार ०७:४२ मा प्रकाशित


RAATO GHAR Official Trailer 3 Willson Bikram Rai, Gaurab Pahari, Menuka Pradhan, Mala Limbu
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ बैशाख १७ आइतबार । चलचित्र ‘रातो घर’को रिलिज मिति जेठ १९ नजिकिदै गर्दा तेस्रो ट्रेलर रिलिज गरिएको छ । चर्चित हास्यअभिनेता विल्सन बिक्रम राईको अहिले सम्मकै उत्कृष्ट अभिनय रहेको भनिएको चलचित्र ’रातो घर’को तेश्रो ट्रेलर केही दिन अगाडी युट्युवबाट सार्वजनिक गरिएको हो ।
RAATO GHAR Official Trailer 3 Willson Bikram Rai, Gaurab Pahari, Menuka Pradhan, Mala Limbuचर्चित अनी सफल निर्देशक सुरज सुब्बा ‘नाल्बो’ निर्देशित चलचित्र ‘रातो घर’ मान हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा बनेको हो । ‘रातो घर’का प्रस्तुतकर्ता निकेश लिम्बु हुन् भने विल्सन विक्रम राई निर्माता हुन् । महेश खड्काको शब्द तथा संगीत रहेको ’रातो घर’मा हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ ।
चलचित्र ‘रातो घर’मा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, बिकेश श्रेष्ठ, अनुराग कुावर लगायतको अभिनय रहेको छ । चलचित्रले ’कालो काम गर्नेको सेतो कथा’ भन्ने नारा बोकेको छ ।

RAATO GHAR Official Trailer #3 | Willson Bikram Rai | Gaurab Pahari | Menuka Pradhan | Mala Limbu |

From National Award Winner Director Suraj Subba Nalbo #Batomuniko Phool #Saayad #Bitekapal. A social comedy movie RAATO GHAR. Releasing all over Nepal from June 2nd.

प्रतिक्रिया