HITLER NEPALI MOVIE SOHIT MANANDHAR and MENUKA PRADHAN
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ बैशाख १२ मंगलबार । जेठ १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हिटलर’को चर्चा अहिले राम्रो छ । सौरभ ढकालको निर्देशनमा तयार भएको यो चलचित्रको ट्रेलर रिलिज नहुादै यसले राम्रै हाइप बनाएको छ ।
अष्टनारायण पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सोहित मानन्धर र सामिया बर्तौला मुख्य भूमिकामा छन् । चलचित्रको रारा तालमा खिचिएको एक गीतको भिडियोले अहिले सामाजिक संजाल र मिडियामा राम्रो चर्चा पाइरहेको छ ।
निर्देशक सौरभ ढकाल भन्छन्,–‘चलचित्रको शिर्षक किन ‘हिटलर’ राखियो भन्ने बारेमा दर्शकले हलमै गएर चलचित्र हेरेपछि थाहा पाउनुहुनेछ । तर, चलचित्रको नामको कनेक्शन कथामा छ ।’
यो, चलचित्रको नाम ‘हिटलर’ राख्दा यसको निर्माणपक्षले फेसबुक र युटुबबाट भने समस्या भोगिरहेको छ ।
अंग्रेजीमा ‘हिटलर’ नाम राखेर फेसबुकमा लाइक पेज बनाउन यसको निर्माणपक्षले सकेन । निर्देशक ढकालले भने–‘हामीलाई फेसबुकले हिटलर नाम राखेर लाइक पेज बनाउन दिएन ।’ उनका अनुसार, युटुबमा पनि अहिले समस्या आइरहेको छ । उनले भने–‘युटुबले भिडियो त हटाएको छैन । तर, गीतको भ्यू कहिले घट्ने, कहिले काउन्ट नै नहुने भैरहेको छ । हामीले युटुबमा कप्लेन गरेपछि प्राविधिक गढबढी भएको सन्देश आयो । तर, अहिले युटुबले प्रचारमा समस्या दिने अवस्था देखिएको छ ।’
जर्मनका पूर्व शासक ‘हिटलर’को नामसाग चलचित्रको नाम मिलेका कारणले फेसबुक र युटुबले समस्या दिएको हुनसक्ने यसको निर्माणपक्षको वुझाई छ ।
प्रतिक्रिया