Bisal Chautari Logo

उनको हातमा अझै गुलाबको फुल थियो

- ८ जेष्ठ २०७०, बुधबार ०७:१९ मा प्रकाशित


–जीपी तिमल्सिना , भिजे  लवस्टोरी

प्रस्तुति :– विशाल राई


०५४ सालतिरको कुरा हो, नेपाल टेलिभिजनबाट म्युजिक प्लस कार्यक्रम आउथ्यो । म त्यो कार्यक्रमको प्रोड्युसर, डाइरेक्टर तथा भीजे थिए । दुई भीजेमध्ये एक केटी राखिन्थ्यो । करिब ५० एपिसोडपछाडि मलाई भीजेको अभाव भयो । त्यस बेलासम्म काम गरिरहेका बहिनीहरु अध्ययनका सिलसिलामा बाहिर जाने भए । मित्र आलोक नेम्वाङलाई भने–‘मलाई म्युजिक प्लसका लागि एउटी भीजे चाहियो, के गर्ने होला । आलोकले भनेका थिए –‘मिस पोखरामा सहभागी भएकी एउटी केटी छन्, उनले काम गछिनर्् कि ! एकचोटि भेट न त ? 
सन् २००० जनवरी १९ का दिन म ती केटीलाई भेट्न इमेज टेलिभिजन गए । आलोक त्यही काम गर्थे । भित्र छिर्नासाथ एउटी स्मार्ट केटी देखे, राम्रि पनि त्यत्तिकै । एकअर्काका अगाडि पर्नासाथ हाम्रो आखा जुध्न पुग्यो । केही समयपछि आलोक त्यही आइपुगे । तिनै रहिछन् उनले भनेकी भीजे । परिचय गराइदिए– ‘यिनी हुन् उशा खड्गी ? उनैलाई म्युजिक प्लसमा लिए । कार्यक्रम म्युजिकसम्बन्धी भए पनि उनलाई सांगीतिक क्षेत्रबारे उति थाहा रहेनछ । सुरुको प्रस्तुति देख्दा उनमा कार्यक्रम संचालन गर्नसक्ने खुबी थिएन । तर, सिकाउदै जाादा विस्तारै राम्रो गर्न थालिन् । कार्यक्रमका एपिसोडसगै हाम्रो सम्बन्ध पनि साथसाथ बढिरहेको थियो । नजिकका साथीजस्ता बनिसकेका थियौा । मलाई उनीसागको सान्निध्य अनि व्यवहार फूलजस्ता लाग्न थालेको थियो । सायद म उनलाई साथीबाट बढेरै मन पराउन थालिसकेको थिए । आपसी व्यवहारहरुमा आत्मीयताको स्तर केलाउन थालेको थिएा । प्रस्टै थियो –म ती व्यवहारहरुमा प्रेमको सुगन्ध अनुभूत गर्न चाहिरहेको हुन्थो  । म उनका शब्दहरु कानले होइन, हृदयले सुन्न थालेको थिएा ।
त्यही १४ फेव्रुअरिको भ्यालेन्टाइन डेलाई फोकस गरेर मैले एउटा नाटक तयार गरेको थिएा । त्यसको एउटा पात्र उनलाई पनि बनाएा । मैले उनलाई प्रेमप्रस्ताव गर्दै गुलाफ दिनुपर्ने सिन थियो, एउटा । उनका हातमा गुलाफ दिादै गर्दा म थकथकाइरहेको थिएा– ‘कास यो नाटकमा नभएर वास्तविक जीवनमै हुन्थ्यो ?’ म नियालिरहेको थिएा, उनको हातको त्यो गुलाफ अनि अनुहारको भंगिमा । छायांकन सकिएपछि पनि त्यो गुलाफ उनले हातमै लिइरहिन्, अनि हेरिरहिन् निरन्तर । मेरो मनै उज्यालो भयो । जिस्क्याएजस्तो गरेर दाउ छोपो –भ्यालेन्टाइन डेका दिन पनि तिमीलाई यसैगरी रोज दिनुपर्छ के हो, हाम्रो त लभ पर्लाजस्तो लाग्यो मलाई  ? प्रतिकृया सुनेर उनको मनमा मप्रतिको धारणाा जााच्न चाहन्थो म । तर, उनी सिरियस मात्रै भइन् ।
०००
३८ वर्ष अघि रौतहटको चन्द्ररनिगाहपुरमा जन्मिएको म । साधारणा परिवारको सदस्य, मेरो बाल्यकाल पनि सामान्य तरिकाले नै बित्यो । स्कुले जीवनमा सधौ अध्ययनकै पछाडि लागियो, लभ गर्ने चलनै थिएन । गर्लफ्रेण्ड त के, बेस्टफ्रेण्ड समेत बनाइएन उस बेला । कलेज लाइफको पनि कुरो उस्तै, कुनै केटीसाग मन बसेन । म बच्चै छादा बुबा र उहााका साथीले मतिर हेरेर ठट्टा गरेको सुन्थो – तिम्रो छोरा र मेरो छोरीको बिहे गरिदिनुपर्छ कि कसो रु लजाउथो । तर त्यो उमेरमा म प्रेम, विवाह र विपरीत लिंगीय सम्बन्धबारेको कुनै भेउ पाउादैनथो । कुनै केटीसाग नजिकिऊा, प्रेम गरु भन्ने चाहनै पनि थिएन । बरु साथीहरु तालाई फलानी केटीले मन पराउाछे रे भनेर सुनाउाथे । म सुनेको नसुन्यै गरिदिन्थो । तर, समय र संयोगले विस्तारै मान्छेको मनमा प्रेमको टुसो पलाउन थाल्दो रहेछ । दृष्टिमा ठोक्किन आइपुग्ने अनेकौं दृष्टिहरुका बीच कुनै दृष्टि यस्तो पनि हुादो रहेछ, जसले सीधै हृदयमा प्रेमबाणा हान्दो रहेछ । अनि मनले आफौलाई आदेश दिादो रहेछ –‘आई लभ यू भन् ।’ उशासागको भेटपछि मेरो पनि अवस्था यस्तै थियो ।
०००
धापासीस्थीत सहन्सा होटेलमा भ्यालेन्टाइन डेका अवसरमा विशेष कार्यक्रम थियो । त्यसको निम्तो मलाई पनि थियो । उषालाई पनि साथै लैजाने बहाना खोजिरहेको थिएा । फोन गरे –तिम्रो ब्वाइफ्रेण्ड छ कि छैन ? उनले छैन भनिन् । मेरो पनि गर्लफ्रेण्ड छैन, भ्यालेन्टाइन डेको एउटा कार्यक्रमबाट निम्तो आएको छ, जाने हो त ? जाने भए मलाई बेलुकी फोन गर न । उनी मसाग जान तयार भइन् ।
कार्यक्रममा हामी फस्र्ट कपलका रुपमा पुगेछौा । त्यो प्रेममय माहोलमा पस्नेबित्तिकै हामीलाई गुलाफको फूलले स्वागत गरियो । यद्यपि हामी घोषित प्रेमीप्रेमिका बनिसकेका थिएनौ । त्यो माहोलले मलाई झन् उनीप्रति तानिरहेको थियो । कार्यक्रमको बीचतिर आाट गरो । अब सीधै भन्नुपर्छ, नो लेफ्ट नो राइट, नत्र पछि परिन्छ भन्ने लाग्यो । भूमिका बााधेर सोधिहाले – हेर, यो माहोलले त मलाई भन्न जरुरी नै बनायो, म सही छु या गलत, थाहा छैन तर तिमी मलाई असाध्यै मन पछर्यौ । मेरो लाइफ पार्टनर बन्छयौ ? उनी केही नबोली लजाउन थालिन् । शुभ संकेत देखेपछि मेरो फुर्ती झन् बढ्यो – तिमीले जवाफ नदिएसम्म म पनि तिमीलाई आज घरै लैजान्ना के  ? म उनको साथलाई सकेजति प्रेमिल बनाउने कोसिस गरिरहेको थिएा । कार्यक्रममा उनलाई मन पर्ने गीतहरु अफर गरेर गाउन लगाएा । अब विस्तारै उनी पनि मप्रति मायालु व्यवहारहरु दर्साउन थालिन् । केही समयपछि भनिन् – म पनि माया गर्छु । मेरो खुसीको सीमा रहेन । के गर्नु गर्नु भयो  ? उनलाई घर लगेर छोडिदिएा । फर्केर कोठामा आएपछि त्यो रात म त निदाउनै सकिना ।
त्यही वर्ष मिस नेपाल प्रतियोगिता हुनेवाला थियो । उनले पनि सहभागिता जनाउने इच्छा देखाएकी थिइन् । सुरुमा त मैले उनलाई भाग नलिन आग्रह गरेको थिएा । उनको मायामा म स्वार्थी भएको थिएा । आशंका थियो –‘त्यसपछि कतै मलाई छोडेर टाढा जाने पो हुन् कि ?’ हुन त यो प्रेमप्रस्ताव गर्नुभन्दा अघिको कुरा थियो । प्रस्ताव स्वीकारिसकेपछि भने ढुक्क हुन पाएको थिएा , उनलाई भाग लिन आग्रह गरो । त्यसका लागि आवश्यक सपोर्ट गरिरहो । आफूले जानेका कुराहरु सिकाएा । अघिल्ला चरणाहरुमा राम्रै सम्भावना देखाएपछि उनैले जित्ने आशा प्रबल हुादै गएको थियो मभित्र । फाइनल राउन्ड हेर्नचाहिा म पनि पुगो । कार्यक्रममा हामीले सागै नृत्य पनि गरेका थियौा । लामो पर्खाइपछि विजेता घोषित गरियो– यस वर्षकी मिस नेपाल उषा खड्गी भनेर । मेरो हर्षको सीमा थिएन । तर, तत्काल एउटा समस्या पनि थियो । उनको गाडी थिएन, मसाग एउटा मोटरसाइकल मात्र थियो । उनका बाबाममीहरु पनि त्यहाा आउनुभएको थियो । हिजोसम्म नीलो टेम्पु चढेर हिाड्ने उनी अब सेलेब्रिटी हुादै थिइन् । म सोचिरहेको थिएा – यो अवस्थालाई अब कसरी व्यवस्थापन गर्ने होला ? प्रतियोगिता सकिएपछि उनी दौडादै आएर मलाई हग गरिन् । उनलाई बाइकमा राखेर घर पुर्‍याइदिएा ।
मिस नेपाल भइसकेपछि हाम्रौ सम्बन्ध झनै नजिकियो । म उनलाई गार्जेन जसरी आवश्यक गाइड पनि गर्थें । म्युजिक प्लस कार्यक्रम २०५८ सालमा बन्द भएपछि म म्युजिकभिडियो निर्देशनतिर लागो । उनीचाहिा च्यानल नेपालमा काम गर्न थालिन् । समय बितिरहेको थियो । दुवैको परिवारबाट प्रेसर आउन थालेपछि हामीले बिहे गर्ने निधो गर्‍यौा । २०५९ वैशाख २६ गतेका दिन हाम्रो लगन जुर्‍यो । दुवै परिवारका माझ दक्षिणाकाली मन्दिरमा विवाह भयो । म बाहुनको छोरो, उनी नेवार भएकाले दुवैलाई मिल्ने विधिअनुसार हाम्रो बिहे भयो ।
उनी मिस नेपाल भएपछि हाम्रो सम्बन्ध अप्ठेरो मोडमा पुग्ने हो कि भन्ने लागिरहन्थ्यो मलाई । तर, उषा मैले सोचेभन्दा पनि धेरै माथि रहिछन् । विवाहपछि त हाम्रो सम्बन्ध थप सुमधुर हुादै गयो । शब्दमा उतार्नै सक्दिना यी अनुभूतिहरु । मभन्दा पााच वर्ष कान्छी उनी, केही कुरा मैले बढी जानेको हुाला । तर, मलाई बुझ्न सक्ने संसारमा उनै मात्र हुन् । लोग्नेस्वास्नीबीच अलिअलि ठाकठुक त परी नै हाल्छ । बच्चाको हेरविचार गर्ने कुरालाई लिएर कहिलेकाहीा सानोतिनो भनाभन चल्थ्यो । तर, एकअर्कालाई सम्झाउने तरिकाले । धेरथोर ठाकठुक अहिले पनि नचल्ने होइन । तर, कहिलेकाहीाको यस्तो ठाकठुकले सम्बन्ध झन् सुमधुर बनाउादो रहेछ, हामी दुवैले बुझेका छौा । विवाहको डेढ वर्षपछि छोरी उगेस्ना जन्मिइन् ।
मलाई हाम्रंो सम्बन्ध प्रकृतिले नै दिएको वरदानजस्तो लाग्छ । ब्यालेन्स मिलेको रथजस्तो । भ्यालेन्टाइन डेबाटै हाम्रो प्रेमजीवनको सुरुआत भएकाले हरेक भ्यालेन्टाइन विशेष किसिमले मनाउाछाै हामी ।
प्रस्तुति  :– विशाल राई

प्रतिक्रिया