Bisal Chautari Logo

नयाँ योजनासहित ‘मिस मंगोल नेपाल’ को खोजी सुरु || काठमाडौं, धरान, बुटवल र पोखरामा अडिसन हुने

- ३० चैत्र २०७३, बुधबार ०४:४० मा प्रकाशित


miss mangol nepal 2017
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ चैत ३० बुधबार । ‘मिस मंगोल नेपाल’ नयाँ शैली र ढाँचामा आयोजना हुने भएको छ । आठ संस्करण पूरा गरिसकेको मिस मंगोलले नवौं, दसौं र एघारौं संस्करणको एकसाथ तयारी सुरु गरेको जनाएको छ।
miss mangol nepal 2017गत शनिबार एक कार्यक्रमका बिच मिस मंगोल आयोजकले सन् २०१७ मा हुने नवौं संस्करणलाई रोमाञ्चकारी, सन् २०१८ मा हुने १०औं संस्करणलाई अन्तराष्ट्रिय र सन् २०१९ मा हुने ११औं संस्करण हाइटेक एडिसनका रूपमा आयोजना गर्ने जनाएको छ ।
मिस मंगोल आयोजना भएको १०औं वर्षगाँठ मनाउन नवौं, दसौं र एघारौं संस्करणलाई नयाँ शैली र फरक ढाँचामा प्रस्तुत गर्न लागेको जानकारी कार्यक्रममा दिइयो।
दसौं संस्करणको फाइनल विदेशमा आयोजना हुने आयोजकले जनाएका छन्। जसअनुसार प्रतियोगी छनोट र प्रशिक्षण नेपालमा गरी अन्तिम प्रतिस्पर्धाका लागि अन्तराष्ट्रिय मञ्चमा लगिने छ ।
यसअघि विजेता छनोटमा उत्कृष्ट १५ मा आउन २५ प्रतिशत एसएमएस भोटिङ, २५ प्रतिशत ट्यालेन्ट शो र ५० प्रतिशत फाइनलमा प्रतियोगीको प्रस्तुतिलाई आधार बनाइदै आइएकोमा यस वर्षदेखि प्रतियोगीको एकवर्षे कार्ययोजनालाई पनि आधार बनाइनेछ ।
प्रतियोगितामा समावेश गरिकामध्ये मिस ट्यालेन्ट र पब्लिक च्वाइस अवार्ड विजेताले सिधै उत्कृष्ट १५ मा प्रवेश पाउने छन्।
२०७४ जेठ २७ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताका लागि यसवर्ष काठमाडौं, धरान, बुटवल र पोखरामा अडिसन हुने छ।
प्रतियोगीले अडिसन हुने सम्बन्धित शहरका आधिकारिक एजेन्सी वा मिस मंगोल नेपालको वेभसाइट ’मिसमंगोलडटकम’ बाट डाउनलोड गरी आवेदन फारम भर्न सक्नेछन्। न्यूनतम एसएलसी पास, पाँच फिट वा सोभन्दा बढी उचाइ एवं १७ देखि २६ वर्ष उमेरसमूहका अविवाहित मंगोल (आदिवासी जनजाति) युवतीले प्रतियोगितामा भाग लिन पाउने छन्।
त्यसैगरी मिस तामाङ, मिस राई, मिस लिम्बू, मिस नेवालगायत आदिवासी जनजातिसाग सम्बन्धित जातीय सौन्दर्य प्रतियोगिताका विजेताले भाग लिन चाहेमा बिना अडिसन छनौट हुनेछन्। त्यसैगरी सबै समुदाय वा क्षेत्रगत रूपमा भएका सौन्दर्य प्रतियोगितामा मंगोलियन युवती विजेता छन् भने उनीहरूले पनि सीधै प्रवेश पाउने छन्। तर याका लागि मिस मंगोलका लागि तय गरिएका आधार सबैले पूरा गरेको हुनुपर्ने आयोजकको सर्त छ ।

प्रतिक्रिया