Bisal Chautari Logo

हिन्दी सिनेमामा नेपाली निर्माता, नेपाल वितरक क्रेजी

- २६ बैशाख २०७१, शुक्रबार १७:२२ मा प्रकाशित


Bin Phere FREE Me TTERE
काठमाडौं, २०७१, बैशाख २६ बिहीवार पछिल्लो समय हिन्दी सिनेमा हेर्ने दर्शकहरु मात्र होइन, चलचित्र निर्माण गर्ने व्यावसायिहरुपनि नेपालबाट बलिउड चलचित्र उद्योगमा भित्री रहेका छन् । यस्तै क्रममा निर्माता दिवसबाबु पुरीले करिब ४ करोड भारतीय रुपैयाँ लगानी गरेर एक हिन्दी सिनेमा निर्माण गरेका छन् । यो चलचित्र नेपालमा जेठ २ गतेबाट प्रदर्शनमा आउँदैछ ।
‘बिन फेरे फ्रि मे तेरे’ नामक सिनेमामा भारतका चचिर्त कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा आर्स देवल, अषिर्ता अग्रवाल, गोविन नामदेम लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई मनोज शर्माले निर्देशन गरेका हुन् । पूर्णतया कमेडी बिषयमा तयार भएको सिनेमाको लागत १२ करोड लागेको निर्माता पुरीले बताए । सिनेमाको रिलिज डेट नजिकिदा नेपालमै रहेका निर्माता पुरीले कुनै पनि नेपाली सिनेमा निर्माण नगरी आफूले एकैचोटी हिन्दी सिनेमा बनाएको बताए । ४ करोड पुरीको लगानी भएतापनि अन्य ८ करोड लगानी भने विभिन्न व्यक्तिहरुले गरेका छन् ।
चलचित्र ‘बिन फेरे फ्रि मे तेरे’को नेपाल वितरण करण क्रेजी र ओम प्रकाश अग्रवालले गरेका छन् । चलचित्र कमेडी भएकाले नेपालमा राम्रो व्यापार गर्ने कुरामा ढुक्क रहेको नेपालका लागी वितरक करणले बताए ।

प्रतिक्रिया