Rewat rai and melina rai album ALAG UPAHAAR
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ चैत २१ सोमबार । पछिल्लो समय ब्यस्त गायकहरुको भिडमा अगाडी आइरहेका गायक रेवत राई र गायिका मेलिना राईको एल्बम ‘अलग उपहार’ केही दिन अगाडी विमोचन भएको छ । अनामनगरस्थित मण्डला थियटरमा आयोजित एक कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले एल्बम बिमोचन गरे । साथमा गीतकार तथा इमिडिया हब प्रा.ली.का प्रमुख कार्यकारी अधिकृत ईश्वर चाम्लिङ, संगीतकार लक्ष्मण शेष, प्राज्ञ शान्तिराम राई, भिषण मुकारुङ्ग, डाक्टर कोयी, पारस मुकारुङ्ग, महेश खड्का लगायतले एल्बमको विमोचन गरे ।
इमिडिया हब प्रा.ली.ले उत्पादन गरेको यस एल्बममा ८ गीत समाबेस छन् । जसमा ‘मेरो मनको मीत, आपाको छोरी, यो हाम्रो नाता, आजहामी, जिन्दगी गोरेटोमा, तिम्रो घरको, मेरो जिन्दगीमा र अलि कति बोलका गीतहरु रहेका छन् ।
मुकेश राई, ईश्वर चाम्लिङ्ग, हेमकुमार राई, किरण चाम्लिङ्ग राई, डिल्लिराम राई, नवराज राई, जगत नवोदित राई, विश्वकाजी राईका शब्द रहेको गीतहरुमा महेश खड्का, आभामुकारुङ्ग, शान्तिराम राई, रेवत राई, बसन्त सापकोटा र अर्जुन पोख्रेलको संगीत रहेको छ ।
‘अलग उपहार’मा रहेको दुई गीतको भिडियो पनि बनेको छ ।
प्रतिक्रिया