Bisal Chautari Logo

दिपेन्द्र भन्छन्, ‘मेरो फिल्मले पछिल्लो समय मौलाउँदो फास्टफुड लभ भन्दा माथीको कथा बोल्छ’

- २० चैत्र २०७३, आईतवार १२:१२ मा प्रकाशित


Dipendra K. Khanal movie love love love
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ चैत २० आइतबार । वर्ष ०७४को लागी निकै आसा गरिएको चलचित्र हो ‘लभ लभ लभ’ । यही बैशाख १ मा रिलिजको लागी तयार चलचित्र ‘लभ लभ लभ’ उच्च मेकिङ अनि प्रेमकथा बोल्ने फिल्मको भिडमा बेग्लै स्वादको दाबी सँगसँगै दरिलो प्रचार, फिल्म चर्चामा रहनुपछिका खास पाटोहरु हुन् ।
Dipendra K. Khanal movie love love loveअमृत पाण्डेको प्रस्तुती अनि शर्मिला पाण्डेको निर्माणमा बनेको फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका छन् । फिल्म उद्योगमा छुट्टै पहिचान बनाएका अनि हरेक फिल्म आउादा रिलिज पहिले नै संभावना देखाउने खनाल जोडिनुले पनि फिल्मप्रति आशा गर्ने धेरै ठाउ छन् ।
खनाल भन्छन्, ‘लभ स्टोरी भन्दैमा यो जनराका आम फिल्मकै लाईनमा ’लभ लभ लभ’लाई म लिन्न, ‘मेरो फिल्मले पछिल्लो समय मौलाउदो फास्टफुड लभ भन्दा माथीको कथा बोल्छ ।’ उनले पछिल्लो पुस्तामा ‘फास्टफुड’ शैलीको प्रेम फस्टाउदै गएपनि आदर्श प्रेम नमरिसकेकोले सच्चा अनि गहिरो प्रेम गर्नेहरु पनि छन् भन्ने कुरा फिल्मले बोल्ने बताए ।
माया गर्नेहरुको लागी नयाा बर्षमा आफ्नो उपहार ’लभ लभ लभ’ भन्दै टिकट काटेर हलमा पुग्ने दर्शकहरुलाई न्याय गर्ने फिल्म ’लभ लभ लभ’ बनेकोमा शंका नगर्न उनको आग्रह छ । संवादबाहेक पनि कलाकारको हाउभाउ र परिस्थितिले दर्शकमा सञ्चारको काम गर्ने भन्दै खनालले यो प्रकारको स्वाद आफ्नो फिल्मले पस्किने दाबी गरे ।
निरज कंडेलले खिचेको फिल्ममा सुरज पाण्डे र स्वस्तिमा खड्का लिड अभिनयमा छन् । सुरजको लागी यो फिल्म लिड अभिनयमा डेब्यू हुनेछ । उनले यसअघि भने वाल कलाकारको रुपमा आधा दर्जन फिल्ममा काम गरिसकेका छन् ।

प्रतिक्रिया