Bisal Chautari Logo

‘द भाईब्ज व्याण्ड’को लेट्स गो वाइल्ड काडमाण्डु सिटी (भिडियो सहित)

- २० चैत्र २०७३, आईतवार ११:२३ मा प्रकाशित


Kathmandu City (The Vibez band )
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ चैत २० आइतबार । रक गीत संगीतको क्षेत्रमा सधैं केही न केही नयाा प्रयोग गरेर छोटो समयमै यो विधाको संगीतप्रेमीमाझ लोकप्रियता कमाउन सफल नेप्लीज अमेरिकन व्याण्ड द भाईब्ज व्याण्डले फेरि नयाा प्रयोगका साथ नविनतम म्युजिक भिडियो तयार पारेको छ ।
Kathmandu City (The Vibez band )अध्ययन र रोजगारका सिलसिलामा अमेरिका पुगेका युवा संगीतकर्मीहरुले अमेरिकामै स्थापना गरेको यो व्याण्डले मुर्ख दिवस अर्थात शनिबार परेको अप्रिल फुललाई लक्षीत गर्दै यो रमाईलो म्युजिक भिडियो सार्वजनिक गरेको हो । लेट्स गो वाइल्ड काडमाण्डु सिटी बोलको यो रक गीतको म्युजिक भिडियोमा व्याण्डका ३ सदस्यहरु अनुहार नदेखाई रमाइलो नाचगानका साथ प्रस्तुत भएका छन्। भिडियोमा प्रयन सिंह भोकलिष्ट, रुपक लामा लिड गितार र दिरेकलाल श्रेष्ठ ड्रमर रहेको व्याण्डका प्रयन र रुपकका साथमा अमेरिकामै बस्दै आएका एक युवा भिडियोको शुरुमा विभिन्न जनावरको आकृतियुक्त मास्कका साथ प्रस्तुत हुन्छन्। व्याण्ड सदस्यहरु गीतको भिडियोभरि फिल्मी हिरोको शैलीमा बाद्यवादनका साथ उफ्री उफ्री नाच्छन्। मास्क पहिरेका कारण भिडियोमा देखिने व्याण्ड सदस्यहरु को हुन् भनेर चिनिादैन। दर्शक अब मास्क खोलान् र चिनिएलान् भनेर आशा गर्छन्, तर भिडियोको अन्तसम्म पनि कौतुहतालाई कायम राख्दै व्याण्ड सदस्यहरु भने मास्कमै प्रस्तुत हुन्छन्। यही रुपमै भिडियो सकिन्छ।
भिडियो व्याण्डका सदस्यहरु आफौले निर्माण गरेका हुन्। यो भिडियोको छायांकन अमेरिकाको सान फ्रान्सिस्कोमा तयार पारिएको हो। व्याण्डका ड्रमर दिरेकलाल श्रेष्ठ भने काठमाडौंमा रहेकाले भिडियोमा देखिएका छैनन्। दिरेकका अनुसार भिडियोमा व्याण्डका सदस्यहरु मास्कमै देखिएकाले तथा फन्नी र सरप्राइज प्याकेज भएकाले यसलाई अप्रिल फुलका दिन सार्वजनिक गरिएको हो। उनले भिडियो सार्वजनिक गरिएलगत्तै यसबाट राम्रो प्रतिक्रिया पाएको पनि बताए। दिरेकले भिडियोभरि व्याण्डका सदस्यहरु मास्कमा प्रस्तुत भएकाले यसलाई मास्क भिडियो पनि भन्न सकिने बताए।
पहिलो एलबम द भाइब्ज जेनेरेशनबाटै नेपाली सांगितीक आकाशमा तहल्का मचाउन सफल द भाइव्ज व्याण्डले त्यस्तै आकर्षक गीतहरुका साथ दोस्रो एलबम को हुा म बजारमा ल्याएको थियो भने तेस्रो एलबम ल्याउने तयारी गरेको छ। प्रकाशोन्मुख सोही एलबमको गीतमाथि व्याण्डले नयाा भिडियो तयार पारेर सार्वजनिक गरेको हो। नेपालदेखि अमेरिकासम्म उत्तिकै लोकप्रियता कमाउन सफल नेप्लिज अमेरिकन रक सांगीतिक समूह द भाइब्ज व्यान्डले रक संगीतमा पनि उच्चस्तरको गीतसंगीतमा मात्र विश्वास राख्ने र सोहीबमोजिमको सांगीतिक सिर्जना पस्कने भएकाले स्तरीयतालाई कायम राख्दै केही समयको अन्तरालपछि मात्र एलबम सार्वजनिक गर्दै आएको छ। द भाइब्जले पहिलो एल्बमस्वरूप द भाइब्ज जेनेरेसन बजारमा ल्याएको थियो। व्याण्डले नेपाल र अमेरिकाका नेपाली रकप्रेमीद्वारा अत्यधिक रुचाइएको तथा एल्बम बजारमा आएकै वर्ष हिट्स एफएम अवार्ड र इमेज अवार्डमा बेस्ट ब्यान्ड अफ द इयरको अवार्ड जित्न सफल भएको थियो। द भाइब्ज जेनेरसनमा संगृहित थाकिसकें बोलको गीतमाथि बनेको म्युजिक भिडियोले लामो समयसम्म नेपाली टेलिजिभन च्यानलहरूको हिट लिस्टमा उत्कृष्ट स्थान कायम गर्न सफल भएको थियो। अमेरिकाका मनोरम दृश्य कैद गरी कथानक ढंगले निर्माण गरिएको सो म्युजिक भिडियो ६ लाख ४० हजार रुपियाँ (१० हजार डलर) को लागतमा बनेको थियो।
द भाइब्ज ब्यान्डका सदस्यहरूको रोचक कुरा के भने यसका भोकलिस्ट तथा हटमेल इन्जिनियर प्रयन सिंह र रेस्टुरेन्ट व्यवसायी तथा लिड गिटारिस्ट रूपक लामा अमेरिकामा बस्छन् भने अमेरिकामै पढेर फर्केका ड्रमर तथा कामना न्युज पब्लिकेसन्स्का सीईओ दिरेकलाल श्रेष्ठ नेपालमा बस्छन्। दुई फरक देशमा रहेर पनि यसका सदस्यहरुले स्काइपको माध्यमले एलबमका गीतहरु तयार पार्दै आएका छन् ।

Kathmandu City (The Vibez)

प्रतिक्रिया