nepathya band hong kong concert 2017
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ फाल्गुन ३० सोमबार । चर्चित संगीतिक ब्याण्ड नेपथ्यले हङकङमा आफ्नो सांगीतिक प्रस्तुति प्रस्तुत गरेको छ । आइतबार युन लुंग थिएटरमा प्रस्तत गरेको सांगीतिक प्रस्तुतिको सुरुवात ‘कुरुप अनुहार हो, यहा कोहि साथी छैन’ बाट गरेको थियो ।
झण्डै साढे चार दसकअघि यो गीत तयार पारेका विक्रम गुरुङले नेपाली संगीतलाई कुनै समय महत्वपूर्ण योगदान दिएका थिए । अरुण थापाका प्रारम्भिक लोकप्रिय गीतहरुका यी संगीतकार झण्डै तीन दसकदेखि हंङकंङमा शिक्षण पेशा अंगाल्दै आएका छन् ।
कुनै जमानामा त्रिविवि कीर्तिपुरको विद्यार्थी रहादा कोठामा संगै बस्ने साथी सरुभक्त (हाल संगीत नाट्य एकेडेमीका कुलपति)ले लेखेका लाइनलाई संगीतबद्ध पारेका उनै विक्रम गुरुङको निम्ति आइतबारको ‘नेपथ्य हंङकंङ सााझ’ नोस्ताल्जिक बन्न पुग्यो ।
गायक अमृत गुरुङले भने,‘आज होलीको दिन म तपाईहरुसंग रंग खेल्नको निम्ति आइपुगेको छु,’ कार्यक्रमको प्रारम्भमै गायक अमृत गुरुङले दर्शकहरुसाग संवाद गरे, ‘शब्द र संगीतको यो रंगमा उता नेपालको मायाा भरिएको छ ।’
तमु ट्हो ह्युलले आयोजना गरेको ‘आठौं रोदी सााझ’को यो प्रस्तुतीमा नेपथ्यका नयाा पुराना गीतहरुको मिश्रण गरेर प्रस्तुत गर्यो ।
प्रतिक्रिया