Bisal Chautari Logo

छोरा सलोनलाई लिएर शोभितले बनाउने भए ‘बाबु कान्छा’

- २१ फाल्गुन २०७३, शनिबार ०३:५० मा प्रकाशित


salon basnet and shobhit basnet movie babu kanchha

विशाल चौतारी समाचार
काठमाडौ, २०७३ फाल्गुन १९ बिहिबार ।  
निर्देशक शोभित बस्नेतले नया चलचित्र निर्माण गर्ने भएका छन् । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुन लागेको नया चलचित्रको नाम भने “बाबू(कान्छा“ राखिएको छ । चलचित्रमा मुख्य  कलाकारको रुपमा सलोन बस्नेत रहने छन् भने अन्य कलाकारको फाईनल केहि दिन भित्रै हुने निर्देशक शोभित बस्नेतले जानकारी दिएका छन् ।

salon basnet and shobhit basnet movie babu kanchhaफिल्ममा अर्का प्रमुख कलाकार भने निर्माता तथा कलकार सुनिल रावल हुनेछन । बिहिबार फिल्मको एक गितको रेकर्डिङ गर्दै फिल्म “बाबु( कान्छा“ को प्रोपोडक्सनको काम सुरि गरिएको छ ।बिहिबार युवा संगीतकार टंक बुढाथोकीको संगीत र चर्चित र अहिलेका संगीत पारखिका ढुक्ढुकी गायक कमल खत्रीको स्वरमा “छाई सक्योउ आखामा तिमि “ बोलको गित बाट फिल्मको सुरुवात गरिएको छ । चलचित्रको अर्को गीतमा ओम सुनवार संगीत रहने छ । लामो समयको ब्रेक पछि सोभितले पुन चलचित्र निर्माण गर्न लागेका हुन आनो पछिल्लो चलचित्र “टिचर“ को प्रदर्शनको र शो को कारणले ब्यस्त रहेका शोभितले निकै मेहेनत पछि यो फिल्म बनाउन लागेको उनले बताए ।

प्रतिक्रिया