harshika shrestha and mohan bogati movie MERI KUSUM
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ फाल्गुन १९ बिहिबार । केहि दिन अगाडि ट्रेलर सार्वजनिक गरिएको चलचित्र ‘मेरी कुसुम’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रका कलाकार मोहन बोगटीका अनुसार, आउँदो बर्षको जेठ २५ गतेबाट यो चलचित्र रिलिज हुने भएको छ ।
ट्रेलर सार्वजनिकको समयमा चलचित्रको प्रदर्शन मिति तय भएको थिएन । काठमाण्डौ बाहिर एफडी कम्पनीले चलचित्रको वितरण गर्ने भएको छ । चलचित्रमा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ । चलचित्रले प्रेम र युद्धको कथालाई उठान गरेको छ ।
कलाकार बोगटीले यूएइबाट भने–‘हामीले एउटा उत्कृष्ट प्रेमकथामा चलचित्र बनाएका छौँ । जेठ २५ गतेबाट दर्शकले चलचित्र हेर्न पाउनुहुनेछ ।’ उनले नेपाल रिलिज अगाडि चलचित्रलाई यूएई, मलेसिया, कतार, बहराइन लगायतका देशमा प्रदर्शन गर्ने समेत बताए ।
एन.आर घिमिरेले चलचित्रको लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसको गीत, एक्सनको चर्चा भैरहेको छ । सुनिता शर्मा बोगटी निर्मात्री रहेको चलचित्रमा रुद्र खनाल र रविन्द कुँवर सह–निर्माताको रुपमा छन् । चलचित्रमा दिव्य सुवेदीको छायांकन, टंक वुढाथोकीको संगीत छ ।
प्रतिक्रिया